डोटी, जेष्ठ १३
आम कैदी बन्दीहरुलाई रिहाई गर, पुरानो
संविधान खारेज गर र नयाँ संविधान घोषणा गर जस्ता मागहरु अघि सार्दै डोटी
कारागारका कैदीहरु हिजोदेखी रिले अनसनमा बसेका छन् । कैदी मोतीलाल बिकको
संयोजकत्वमा ३२ जनाको संघर्ष समिति गठन गरी उनीहरुले अनसन सुरु गरेका हुन् ।
आम कैदी बन्दीहरुलाई रिहाई गर, पुरानो संविधान खारेज गर जस्ता ३ सुत्रिय
मागसहित हिजोबाट सुरु गरेको रेले अनसन यहि १७ गते सम्म जारीरहने
अनसनककारीहरुले बताएका छन् । आफना मागहरु सरकारबाट सुनुवाई नभए डोटी
जिल्लाबाट सुरु भएको रिले अनसन देशका ७५ वटै जिल्लाका कारागारमा समन्वय गरी
आफुहरु कडा संघर्षमा उत्रिने समितिका संयोेजक मोतीलाल बिकले बताउनु भएको छ
। डोटी कारागारलगायतका सम्पूर्ण कारागारका कैदीहरुलाई आम माफी गरिनु पर्ने
भन्दै यो भन्दा पुर्व उनिहरुले गत ९ गते प्रमुख जिल्ला अधिकारीमार्फत
प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाइ बुझाएका थिए