Responsive Ad Slot

latest

लमजुङ्गको भोटेओडार सिउँडीबार सडक खण्ड कालोपत्रे गर्ने कार्य शुरु भएको छ

Monday, June 11

/ by Admin BHOLA THAPA
लमजुङ्गको उदिपुर आकाशेभीर चिप्लेटीदेखि भोटेओडार सिउँडीबार सडक खण्ड कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सो सडक खण्डको उदिपुर आकाशे भीर चिप्लेटीबाट कालोपत्रे गर्न शुरु गरिएको हो । वैशाख २१ गतेदेखि सो सडक खण्डमा ग्राभेलिङ गर्ने काम गरिएकोमा हाल भोटेओडार सिउँडीबारमा करिव ५ सय मिटरमा सडक खण्डमा मात्रै ग्राभेलिङ गर्न बाँकी रहेको छ । उदिपुरको आकाशे भीरबाट भोटेओडार सिउँडीबारसम्मको ९ किलो मिटर सडक खण्डमा कालोपत्रे गर्नेकाम १० देखि १२ दिन भित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको कालोपत्रे गर्ने जिम्ममा लिएको ठेकेदार कम्पनी लामा च्याङमीला सुन्दरीले जनाएको छ । सडकको नाली निमार्ण तथा कालोपत्रे कार्यका लागी छुट्टा छुट्टै ठेकेदारलाई जिम्ममा दिएकोमा कालोपत्रे गर्न लामा च्याङमिला सुन्दरीलाई सवा ३ करोड रुपैया दिइएको बताइएको छ । विविध कारण जनाउदै सडकको कालोपत्रे गर्न ढिलाई हुदा वर्षा याम शुरु भएपछि कालोपत्रे गर्दा सडकको कालोपत्रेमा गुणस्तर घट्ने आशंका पैदा भएको लमजुङ्ग सहकर्मी रामजी रानाले जनाएका छन् । β
Don't Miss
© all rights reserved
made with by netKUTI