Responsive Ad Slot

latest

चेतनशील महिला संजाल पूर्कोट तनहुँले गाउँमा धुम्रपान,जुवातास नियन्त्रणका लागि अभियान

Monday, June 11

/ by Admin BHOLA THAPA
चेतनशील महिला संजाल पूर्कोट तनहुँले गाउँमा धुम्रपान, मद्यपान तथा जुवातास नियन्त्रणका लागि अभियान थालेका छन् । गाउँका स्थानीय पूरुषहरुले जुवा, तास खेल्ने तथा मद्यपान सेवन गरेको भन्दै समाज परिवर्तनका लागि महिला संजालले गाउँ जागरण अभियान थालेका हुन् । पूर्कोट गाविसको ९ वटै वडाका महिला समुहको संजालले विभिन्न चेतनामुलक नारा, प्ले कार्ड सहितको ¥याली समेत गरेको छ । विभिन्न राजनीतीक दलका प्रतिनीधी, गाविस सचिव, स्थानीय बाल क्लब, युवा क्लबका पदाधिकारीहरुको उपस्थितीमा ¥याली आयोजना गरेको हो । पूर्कोट बाईसजागरबाट सुरु भएको ¥याली बगालेफाँट, रानीपोखरी, अर्चलधारा हुदै गाविस भवनमा पुगेर कोण सभामा परिणत भएको थियो । संजालकी अध्यक्ष गिता पाण्डेको अध्यक्षतामा भएको कोणसभामा नेपाली कांग्रेसका हरिकृष्ण श्रेष्ठ, माओवादीका दुर्गाबहादुर रावत, एमालेका प्रेम पाण्डे, गाविस सचिव चाम नारायण श्रेष्ठ लगायतकाले मन्तव्य राखेका कर्मदा माध्यमिक विद्यालयकी शिक्षीका शान्ता कुमारी श्रेष्ठले जानकारी दिनुभयो । β
Don't Miss
© all rights reserved
made with by netKUTI