Responsive Ad Slot

latest

एमालेका सक्रिय कार्यकर्ता स्वर्गीय इन्द्रशोभा श्रेष्ठको १३ औं दिनको पुण्य तिथीमा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ

Monday, June 11

/ by Admin BHOLA THAPA
एमालेका सक्रिय कार्यकर्ता स्वर्गीय इन्द्रशोभा श्रेष्ठको १३ औं दिनको पुण्य तिथीमा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ । एमाले बन्दिपुर–४, का वडा सदस्य रहनुभएका स्वर्गीय श्रेष्ठको १३ औं दिनको पुण्य तिथीमा एमाले बन्दिपुर गाउँ कार्य समितीले श्रद्धान्जली सभाको आयोजना गरेको हो । एमाले बन्दिपुर गाउँ कार्य समितीका अध्यक्ष्य सनद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी एमाले राष्ट्रिय प्रतिनीधी परिषद क्षेत्र नम्बर १ का सदस्य एक बहादुर राना रहनुभएको थियो । त्यस्तै  श्रद्धान्जली सभामा राष्ट्रिय प्रतिनीधी परिषद सदस्य क्षेत्र नम्बर २ का प्रतापलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी सचिव विद्या ढकाल, एमाले जिल्ला सदस्य इन्द्व बहादुर कुवँर, शान्ता ढकाल, एमाले क्षेत्र नम्बर १ का अध्यक्ष ऋषिराम पन्त, युवा संघ नेपाल तनहुँका भगवान श्रेष्ठ ,एकिकृत माओवादीका बन्दिपुर गाउँ कमिटी सेक्रेटरी जिवन कायस्थ, समाजसेवी लालकुमार श्रेष्ठ, बन्दिपुर–४ स्थित नागरिक वडा मञ्चका  संयोजक हरेराम थापा , जेठा बा समूहका अध्यक्ष कृष्ण बहादुर आले, डुम्रे साँस्कृतिक युवा परिवारका अध्यक्ष  शिवकुमार श्रेष्ठ ,अजम्बरी युवा क्लबका सचिव चित्र बहादुर थापा ,ठुलेढुंगा आमा समुहकी अध्यक्ष बिष्णु माया विक लगायतकाले स्वर्गीय श्रेष्ठले गर्नुभएको सकरात्मक कामको चर्चा गर्नुका साथै उहाँले छोडि जानुभएका सारा कार्यलाई अगाडी बढाउनुपर्नेमा सवै वक्ताहरुले  जोड दिएका थिए । सो श्रद्धान्जली सभामा राजनितिक दल ,विभिन्न संघसंस्था स्थानीयलगायत २ सय भन्दा बढीको सहभागिता रहेको थियो । β

Don't Miss
© all rights reserved
made with by netKUTI