एटिएम निर्माता-कलाकारलाई कारबाही

अश्लीलताको आरोप लगाउदै नेपाली चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले कराबाही गरेका छन् । एटिएम का निर्माता/नायक दिनेश थापालाई एक महिनाका लागि संघबाट निलम्बन गरेको छ । उनले चित्त बुझ्दो स्पष्टिकरण नदिए पछि आइतबार तीन संस्थाका प्रतिनिधि सम्मिलित बैठकले कारबाही गरेको हो । चलचित्र संग सम्बन्धित सम्पूर्ण पक्षलाई एकै चोटी कारबाहि गरिएको छ । निर्देशकलाई निर्देशक समाजले र चलचित्र संग सम्बन्धित कलाकारहरुलाई चलचित्र कलाकार समाजले साधारण सदस्य समेत नरहने गरी एक महिनाको लागी कारबाहि गरेको छ।
यसरी नेपाली चलचित्र क्षेत्रमा पहिलो घटनाको रुपमा यो कारबाहिलाई लिइएको छ । यसरी यस अघि कुनै पनी चलचित्रका कलाकार-निर्माता-निर्देशक एकै पटक कारबाहि मा परेका थिएन