Responsive Ad Slot

latest

सरकारले ल्याउन लागेको बजेटप्रति काङग्रेस–एमालेको आपत्ति ।।

Monday, June 11

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ २९
नेपाली काङ्ग्रेस र नेकपा एमालेले सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउन गरेको तयारीप्रति आपत्ति जनाएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमानसिंहको निवासमा आज बिहान बसेको काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले काम चलाउ भइसकेको सरकारले अध्याधेशमार्फत बजेट ल्याउन नमिल्ने र ल्याउनुभन्दा अगावै त्यसको विरोध गर्ने निर्णय गरेको हो । बैठकलगत्तै प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याउन लागेको बजेट बारेमा राष्ट्रपति डा रामबरण यादवको ध्यानाकर्षण गराउन काङ्ग्रेस र एमालेका नेताहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । राष्ट्रपति र काङ्ग्रेस, एमालेका शीर्ष नेताहरुको अहिले भेट तथा कुराकानी भइरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI