काठमाडौं ।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको जिम्मेवारी सम्हालेका छन्।
आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। यसअघि आइतबारकै दिन उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए।
राजीनामापछि बालेन शाह बनस्थली पुगेर पार्टीको चुनाव चिह्न घण्टी बजाएका थिए।


