Responsive Ad Slot

latest

एमाले संघीयताबाट ब्याक हुन्छ : नेपाल

Thursday, June 28

/ by Admin BHOLA THAPA
१४ असार, काठमाण्डौ । नेकपा एमालेका नेता प्रदिप नेपालले नेपालमा संघीयता आवश्यक नभएको भन्दै नेकपा एमाले समेत संघीयताबाट ब्याक हुने वताउनुभएको छ । उहाँले नेपालमा अहिले संघीयता सम्भव नभएको भन्दै आफूले एमालेलाई संघीयताबाट ब्याक गराउन बहस सृजना गर्ने बताउनुभयो । विहीवार राजधानीमा आयोजित कार्यक्रममा नेपालले मुलुक आफै बाँच्न सक्ने गरी आत्म निर्भर भएपछि संघीयताको विषयमा सोच्न सकिने भन्दै सामान्तबादी , पूँजीपतिबादीले मात्रै संघीयता मागेको दावी गर्नुभयो ।
संघीयताको तिक्तताले नेपालीमा जनतामा विग्रहमा ल्याउँने चेतावनी दिदै उहाँले आर्थिक सामाजिक राजनीतिक खर्चले मुलुकमा संघीयता कुनै पनि हालतमा धान्न नसक्ने बताउनुभयो । उहाँले संघीयताले मुलुकका राजनीतिक पार्टीहरु फुट्ने छिन्न भिन्न हुने भन्दै देशलाई नै विसंगती तीर लैजाने ठोकुवा गर्नुभयो ।
प्रधानमन्त्रीले माघ १९ दोहोरिन्छ भन्नु गलत भएको भन्दै उहाँले मुलुकमा अहिले संसद र पूर्ण सरकार नभएको र मुलुक आफै चलेको अवस्थामा अवस्ता त्यस्तै रहेको बताउनुभयो । कामचलाउ सरकारको राजिनामा माग्नुको कुनै औचित्य नभएको भन्दै उनले गोलमेच सम्मेलनमा वा रुपान्तरित संसदले बाँकी काम गर्ने गरी अगाडि बढ्नु पर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,’ प्रधानमन्त्रीले सबै दललाई बोलाएर, प्रधानमन्त्रीको उमेदवार मागेर कुर्सी छाड्नु सबैभन्दा उपयूक्त विकल्प हो । ‘
उहाँले नेपालमा कुनै पनि खाले तानाशाह टिक्न नसक्ने दावी गर्दै प्रधानमन्त्रीले पद त्याग नगरे उनको हालत पनि ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI