तनहुँ खबर डट कम
मनसुन शुरुवातको संकेत देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विद्यारत्न शाक्यले दिनुभएको जानकारी अनुसार शनिबार बेलुकीदेखि बंगालको खाडीबाट वाष्पयुक्त हावा पूर्वी सीमा हुँदै नेपाल प्रवेश गरेको छ । यसले मनसुन शुरुवातको संकेत देखाए पनि पर्याप्त पानी भने परेको छैन । शनिबार बेलुकी र आज बिहान केही ठाउँमा वर्षा भएको छ । अब केही दिनभित्र पर्याप्त पानी पर्ने महाशाखाको अनुमान छ । पानी पर्न थालेपछि मात्र आधिकारिक रुपमा मनसुन शुरु भएको घोषणा गर्ने महाशाखाको तयारी छ । सामान्यतया जुन १० अर्थात एक हप्ता अघि नै मनसुन शुरु हुनुपर्ने भएपनि नेपालमा पछिल्लोपटक मनसुनी वर्षा ढिलो हुन थालेको छ ।