कपिल ज्ञवालीबुटवल,असार ६:
बुटवल वडा ९,१० १२ र १३ लाई लक्षितगरेर बुटवल ११ तिनुकुनेमा खानेपानी बितरणका लागि ट्याङ्की निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । १ करोड २४ लाखको लागतमा बिस २०६७ देखि शुरु भएको निर्माणको कार्य यहि जेठ महिनामा सकिने बताईएपनि निर्माण नसकिएपछि तिन महिना म्याद थपिएको ईन्जिनियर अजय कुमार शाहले जानाकारी दिनुभयो । तिनकुनेमा रहेको बोरिङको पानी ट्याङकीमा तानेर बिद्युत्त आपूर्ति नभएको समयमा पनि पानी बितरण गरिने जनाईएको छ । ८७ फिट अग्लो टंकी ४ लाख ५० हजार लिटर क्षमताको हो । खानेपानी टंकीबाट बितरण गरने पानीले बुटवलको खानेपानी समस्या समाधानका लागि केहि सहयोगी हुने अपेक्षा गरिएको छ ।बुटवलमा प्रत्येक बर्ष गर्मीको समयमा धारामा पानि नआउने र बर्षातको समयमा धमिलो पानी आउने गरेको छ ।खानेपानीको टंकीको निर्माण अन्तिम चरणमा पुगेपछि स्थानियहरु खुसि भएका छन् ।