Responsive Ad Slot

latest

रौतहटको पोठियाही र विश्रामपुरमा आगलागी, १९ घर जलेर नष्ट ।।

Wednesday, June 6

/ by Admin BHOLA THAPA
रौतहट, जेष्ठ २४
रौतहटको पोठिायाहि र विश्रामपुरमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएको छ । एक्कासी आएको हावाहुरीले हिजो दिउँसो पोठियाहिमा रहेको १४ घर र विश्रामपुरको ५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पोठियाही गाविस वडा नम्वर १ मुसहर टोलमा मरक माझीको घरवाट सल्केको आगोले स्थानिय तईट माझी, फुदेनी माझी, भोला माझी, भगलु माझीलगायतको घर जलेर नष्ट भएको ईलका प्रहरी कार्यलय गरुडाले जनाएको छ । आगलागीबाट करिब ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको ईलका प्रहरी कार्यलय गरुडाका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिनुभयो । यसैबीच खेतमा रहेको डोढ जलाउन आगो लगाउदा विश्रामपुर वाड नम्वर ८ का वीरमान घिसिङ, दिलमाया घिसिङलागायतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । आगो स्थानियवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI