Responsive Ad Slot

latest

गजल- अमृत सुबेदी ‘गुराँस’

Tuesday, July 24

/ by Unknown
जून देखिन्छ अनि तारा देखिन्छ
मेरो घरको धूरीवाट सारा देखिन्छ

समाजका मान्छे भन्दा धेरै जाती
पाटी-पौवा देखिन्छ धारा देखिन्छ

खेतालाहरु डुल्ने मेरो गाउँमा अचेल
किन जूलुस देखिन्छ नारा देखिन्छ

गहिरिएर हेर बावु आमा भन्नुहुन्छ
छोराले पुरा गर्ने अभिभारा देखिन्छ


अरुणोदय, १ तनहुँ
अस्थायी -दमौली तनहुँ
Don't Miss
© all rights reserved
made with by netKUTI