कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिएका थिए कोषाध्यक्ष साकिर अलीले । महामन्त्री करिम बक्स मियाँले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दे नेपाल राजनितीमा शिखर पुरषले दिएको योगदानको बारेमा चर्च गरेका थिए । पाल्पासेवा समाजका अध्यक्ष भुपराज दवाडी, मुस्लिम सेवा समाजका महासचिव अजिज अली, नेपाली मुस्लिम संघका अध्यक्ष अवुवकर अलि, गैर आवासीय नेपाली यातायत मजदुर संघका सल्लाहकार कुलदिप थपलिया, तनहुँ सेवा समाजका कोषाध्यक्ष मणिराज थापा, एनआरएनएएनसीसीका महासचिव क्रान्ति सिंहले शिखर पुरष स्व. गिरिजा प्रसाद कोईरालाको समाजवादको सिद्धान्त अबलम्वन गर्नुपर्ने बताए । त्यसैगरी यूवराज पाठकले नेपाली काँग्रेस अधिनायकविरुद्ध जहिले पनि लड्दै आएको बताए । प्रमुखअतिथि नरेन्द्रभाटले जनता र देशको लागि लडिरहने र निरंकुश राणशासन विरुद्ध आपनो ज्यानको बाजी लगाएर भए पनि देशको परिवर्तनका खातिर राजनितीमा होमिएका शिखर पुरष आज भएको अझ अरु देशका लागि खडकिरहेका बताए । अहिले अरु राजनितिक पार्टीहरुले नयाँ ढंगले जनतालाई केही दिन्छु भनेर सत्ता र कुर्सिको लागि राजनिती गरेका बताए । सभापति बिमल सुवेदीले चारैवटा अन्दोलन गर्ने साहसी शिखर पुरुष गौरवको विषय भएको बताए । नेपालको दुर दृष्टिलाई ब्याख्या गर्न सक्ने यस्ता नेता आज देशमा भएको भए केही हुने बताए । कार्यक्रम सह महामन्त्रि धिरज राईले संचालन गरेका थिए ।
तरुदल सम्पर्क शाखा कतारको गठन ।
तरुणदल सम्पर्कक शाखा कतारमा संयोजक मान बहादुर के.सी रहेका छ भने अन्य सदस्यहरुमा आशोक उचाई ठकुरी, सुरेश परियार, अर्साद अलि, निमा ग्याल्बो तामाङ, दीपक जोशी, विश्व नेपाल, बासु बस्याल र सूर्य बस्ताकोटी रहेका छन् ।