Responsive Ad Slot

latest

नेपाल को आज को न्युज तनहुँ खबर मा एकै ठाउँ मा हेर्नुहोस् ।

Saturday, July 7

/ by Admin BHOLA THAPA
(प्रधानमन्त्री डा।भट्टराईले सरकार छाड्नुको बिकल्प नरहेको नवगठित माओवादीका सचिव देव!! )
काठमाडौं, असार २३
माओवादीका सचिव देव गुरुङले डाक्टर बाबुराम भट्टराईले सरकार छाड्नुको बिकल्प नरहेको वताउनुभएको छ।डाक्टर बाबुराम भट्टराइले सरकार छाडेपछि, अहिले देखिएको राजनीतिक गतिरोध हटेर जाने गुरुङले दावी गर्नुभयो ।नवगठित माओवादी पार्टीको तमुवान राज्य समितिले पोखरामा गरेको पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताउनुभएको हो । डाक्टर भट्टराईको सरकारको बिरोधमा आफूहरु सडकमा समेत जानसक्ने गुरुङले चेतावनी दिनुभयो । पत्रकारहरुको प्रश्नको उत्तर दिदैं गुरुङले राष्ट्रिय सहमति बिनाको पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिनुभएको छ ।‘राष्ट्रिय सहमति बिना सरकारले आफ्नो एकल प्रयासमा पूर्ण आकारको बजेट ल्याउन खोजेको छ, यदि सरकारको मात्र जोडबलले पूर्ण बजेट आयो भने सरकार कै लागि घातक हुन सक्छ,’– गुरुङले प्रष्ट पार्नुभयो । सचिव देव गुरुङले संबिधानसभा बिघटन गराउनमा मुख्य जिम्मेवार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भएको आरोप समेत लगाउनुभयो । पत्रकारहरुकै अर्को प्रश्नको उत्तरमा गुरुङले राजनीतिक दलहरुको सहमति बिना आगामी मंसीर सातको अर्को घोषित संबिधानसभाको निर्बाचन हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।‘अर्को संबिधानसभाको निर्बाचन प्रक्रियामा जानका लागि राजनीति दलहरुका बिचमा सहमति हुनपर्ने, राजनीतिक दलहरुको सहमतिका लागि साना ठूला राजनीतिक दल र संबैधानिक निकायका प्रतिनिधिहरुलाई सहभागि गराई सबैलाइ मान्य हुने गोलमेच सम्मेलन गरिनुपर्ने गुरुङको भनाई छ । माओवादी सचिव गुरुङले यथास्थितिमा संबिधानसभाको पुनस्र्थापना समेत हुन नसक्ने दावी गर्नुभएको छ ।



गुरुङको भनाई,मुलुकलाई निकास दिन आफुहरुले नयाँ पार्टी खोलेको अध्यक्ष वैद्यको दावी ।।
काठमाडौं, असार २३ –
 नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मुलुकलाई निकास दिन आफुहरुले नयाँ पार्टी खोलेको दावी गर्नुभएको छ । डा। चन्द्रमान वज्राचार्यद्वारा लिखित पुस्तकको काठमाडौंमा विमोचन गर्दै अध्यक्ष वैद्यले २ पक्षको सत्ताको हानाथापले मुलुक बर्बादीतिर धकेलिएको भन्दै त्यसबाट निकास दिन नयाँ पार्टी खुलेको बताउनुभयो ।नेपाली काँग्रेस र एमालेको समीकरण सत्ता प्राप्तिको लागि र एकीकृत नेकपा माओवादी र मधेशी मोर्चा सत्तामा टिकिरहनका लागि मोर्चाबन्दिमा लागेको भन्दै वैद्यले त्यसले सिर्जना गरेको संकट समाधानका लागि तेस्रो शक्ति नेकपा–माओवादी जन्मिएको दावी गर्नुभयो । उहाँले मातृकाप्रसाद कोईराला, विपी कोईराला र गिरिजाप्रसाद कोईरालाले नेपाल र नेपालीलाई धोका दिएको भन्दै सत्ता स्वार्थका लागि माधवकुमार नेपालले पनि थप बदमासी गरेको आरोप लगाउनुभयो ।प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्ता टिकाउनका लागि भारतसँग लम्पसार भएर विप्पा सम्झौता गरेको दावी गर्दै वैद्यले भन्नुभयो, ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा सम्बन्धि जिम्मेवारी भारत सरकारलाई दिने तयारी गर्नु  गैरजिम्मेवारी र राष्ट्रघातको पराकाष्टा हो ।



अध्यादेशमार्फत पूर्ण बजेट ल्याउनेबारे राष्ट्रपति र अर्थमन्त्रीबीच छलफल, बजेट सहमतिमै आउने  प्रचण्डको दावी ।।
असार २३ –
नेकपा ९एमाले० का वरिण्ठ नेता एवं पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र राख्ने सहमति नभएको स्पष्ट पार्नुभएको छ । शनिबार कुस्माबजारमा भएको नेकपा ९एमाले० धौलागिरी अञ्चलस्तरीय कार्यकर्ता भेलामा नेता नेपालले राजतन्त्रलाई स्थान दिने कुरा लिखित र मौखिक रुपमा कही पनि नभएको बताउनुभयो ।२०६२र ०६३ को जनआन्दोलनमा नेतृत्व गर्ने आफु र स्वर्गीय गिरीजाप्रसाद कोइरालाले कुनै पनि ठाउँमा राजतन्त्रको पक्षमा सम्झौता नगरेको बताउँदै नेता नेपालले अब बंश र इश्वरीय अवतारको रुपमा फेरी शासन गर्ने दिन सकिएको बताउनुभयो । ‘फालिएको राजतन्त्र अब फर्कन सक्दैन’, नेता नेपालले भन्नुभयो, ‘अब राजा महाराजाको युग सकियो, यो जनताको युग हो । नेता नेपालले राजाका लागि पहिलेजस्तै ब्यापार ब्यबसाय राम्रो भएकाले त्यसमै लाग्न सुझाब दिनुभयो।नेपालले बाबुराम भट्टराई सरकार हटेको २४ घण्टा  भित्रै नयाँ बजेट ल्याउन सकिने दावी गर्नुभयो । पदमुक्त सरकारले नयाँ बजेट ल्याउन नसक्ने भन्दै उहाँले सरकार हटेको २४ घण्टामा बजेट ल्याउन सकिने बताउनुभयो ।‘यो सरकारले पुर्ण आकारको त के पुरक बजेट समेत ल्याउन सक्दैन’ उहाँले भन्नुभयो, ‘बजेट नआउँदा मुलुक बर्बाद भयो भन्ने अर्थबिद भट्टराइले संकट मोचनकासरकारबाट हटेर मार्ग प्रशस्त गर्नुपर्छ ।



वर्तमान सरकारले आगामी मंसिर ७ गते घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको एमाले अध्यक्ष खनालको भनाई ।।
असार २३-
( राजनीतिक दलले पुर्व राजा ज्ञानेन्द्रसँग जनआन्दोलनका बेला कुनै पनि सहमति नभएको बताए पनि पुर्व राजा ज्ञानेन्द्रले भने सहमति भएकै दोहोर्याउनु भएको छ । जनआन्दोलनका बेला ७ दलसँग सहमति भएको भन्ने पुर्व राजाको भनाईको दलहरुले खण्डन र विरोध गरे पनि पुर्व राजा ज्ञानेन्द्रले आफूले पछिल्लो पटक दिएको अभिव्यक्ति सही भएको बताउनुभएको हो ।खयष्अभ ‘‘।
आफ्नो ६६ औं जन्मोत्सवमा निर्मल निवासभित्रै सर्वसाधारणको शुभकामना लिईरहेका पुर्व राजा ज्ञानेन्द्रले आफ्ना सहयोगी फणिराज पाठक मार्फत आफ्नो पछिल्लो धारणा सही भएको बताउनुभयो ।सहयोगि पाठकले भन्नुभयो ‘आज नबोल्ने भनिबक्सेको छ, पछिल्लो पटक जे धारणा सार्वजनिक भएको छ त्यै नै हो ।’ पुर्व राजाले केही दिन अघि राजा राख्ने सातदलसँग लिखित सहमति भएको र आफू अभिभावकको रुपमा पुनस्र्थापित हुन चाहेको धारणा सार्वजनिक गर्नुभएको थियो ।
ल्भधक अगत
नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी सहमतिका आधारमा पूर्ण बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेको छ । शनिबार प्रचण्ड निवास लाजिम्पाट पुगेको चेम्बर टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले राजनीतिक सहमति गरेर नै आगामी आर्थिक वर्षको पूर्ण बजेट ल्याउने प्रयास भैरहेको बताउनुभएको थियो । प्रमुख राजनीतिक दलहरुबीच बजेट ल्याउने विषयमा सहमति भइरहेको तर समहति गर्न केहि समय लाग्ने भन्दै सहमति हुनासाथ पूर्ण बजेट आउने प्रचण्डले बताएको चेम्बर अध्यक्ष सुरेश कुमार बस्नेतले जानकारी दिनुभयो ।चेम्बर अध्यक्ष सुरेशकुमार वस्नेतले राजनीतिक सहमतिमा पूर्ण आकारको बजेट ल्याइनुपर्नेमा जोड दिदै दलहरुबीच न्यूनतम सहमतिको आर्थिक एजेण्डा बनाउन पनि प्रचण्डको ध्यानाकर्षण गराएको वताउनुभयो । चेम्बरले राजनीतिक सहमतीका आधारमा नै पूर्ण बजेट ल्याउन प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।
ल्भधक  अगत
अध्यादेश मार्फत नयां आर्थिक बर्षको बजेट ल्याउने तयारीमा रहेको बाबुराम भट्टराईको सरकारले राष्ट्रपति डाक्टर रामबरण यादवलाई अध्यादेश जारी गर्न मनाउने प्रयासमा जुटेको छ । अर्थमन्त्री बर्षमान पुन आज शीतल निवास पुगि राष्ट्रपति यादवसंग छलफल गर्नुभयो । पुनले राष्ट्रपतिसंल झण्डै दुईघण्टा छलफल गर्नुभएको छ । बर्तमान सरकारले सिफारिस गर्ने आर्थिक अध्यादेश जारी नगर्न विपक्षी दलहरुले लिखित आग्रह गरेकाले राष्ट्रपति यादव अफ्ठेरोमा पर्नुभएको छ । सरकार भने राष्ट्रपतिबाट अध्यादेश जारी गराई पूर्ण बजेट ल्याएरै छाड्ने अडानमा छ ।


 तेस्रो डिभिजनका लडाकूले तत्कालको लागि आन्दोलन स्थगित गरेका छन् ।
असार २३
( सेना समायोजन गर्ने प्रकृया सम्मानजनक नभएको भन्दै आन्दोलनमा उत्रेका चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनका लडाकूले तत्कालको लागि आन्दोलन स्थगित गरेका छन् । प्रधान मन्त्री डा बाबुराम भटटराईले समायोजन प्रकृयामा देखिएका समस्या समाधानका लागि  सरकारले विचार गर्ने र समायोजन सम्मानजनक नै हुने  अभिव्यक्ति दिएपछि तत्कालको लागि आन्दोलन स्थगित गरिएको लडाकूहरुले बताएका छन् ।तेस्रो डिभिजनमा आज वसेको लडाकूहरुको झण्डै ६ घण्टा लामो वैठकले चितवन सहित देशैभरीका लडाकूले उठाएको विषयमा सरकार गम्भीर देखिएकाले  तत्तकालका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको वटालियल कमाण्डर देवीप्रसाद ढकालले जानकारी दिनुभयो ।फेरि पनि उही मापदण्डमा समायोजन गर्न खोजे शसक्त आन्दोलनमा उत्रने प्लाटुन कमाण्डर नारायणप्रसाद वरालले बताउनुभयो । आन्दोलन स्थगित भएपछि समायोजनको प्रकृया भने अगाडी बढेको छैन । नेपाल सरकारको नया“ निर्देशन र पहलपछि समायोजन प्रकृया अगाडी बढ्ने नेपाली सेनाले जनाएको छ ।



लमजुङमा नवगठिन नेकपा माओवादीको कार्यालय स्थापना गरिएको छ
असार २३  -
( लमजुङमा एक बर्षअघि एकीकृत नेकपा माओवादीले खरिद गरेको घरमा नवगठिन नेकपा माओवादीको कार्यालय स्थापना गरिएको छ । संविधान सभाका निवर्तमान सदस्य एवं तत्कालीन पार्टी सहईन्चार्ज बुद्धिराम गुरुङ र मोहनहरि पौडेलको अगुवाईमा शनिवार कार्यालय स्थापना गरिएको हो ।पार्टी कार्यालय स्थापनापछि नेकपा माओवादीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्नो पार्टी कार्यालय स्थापना गरिएको जनाएको छ । पार्टीले खरिद गरेको भए पनि यो घर तत्कालिन सह–ईन्चार्ज रहेका मोहनहरि पौडेलको ब्यक्तिगत नाममा कायम छ । चार आना जग्गामा रहेको आठ कोठाको घर एकीकृत नेकपा माओवादीका नेताहरुले आवासको रुपमा प्रयोग गर्दै आएका छन् । घर नियन्त्रणमा लिएर कार्यालय स्थापना गरेको बारेमा एकीकृत नेकपा माओवादीले भने आपत्ति जनाएको छ ।एकीकृत नेकपा माओवादी लमजुङका ईन्चार्ज देवेन्द्र पराजुलीले सो घर कुनै ब्यक्तिको नभई एकीकृत माओवादीकै सम्पत्ति भएको बताउँदै नेकपा माओवादीले कार्यालय स्थापना गर्न नमिल्ने बताउनुभयो । नवगठित माओवादीले असहतिकै बीचमा कार्यालय स्थापना गर्ने र एकीकृत नेकपा माओवादीले भने त्यसलाई सहज रुपमा स्वीकार नगर्ने परिस्थिति बन्दा दुई पक्षबीच विवाद बढदै गएको छ । संगोलमै खरिद गरेको घर कुन पक्षको हुने भन्ने बिषयमा दुई पक्षबीच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।यसैबीच, नवगठित नेकपा माओवादीले एकीकृत नेकपा माओवादीले राष्ट्रघात गरेको भन्दै लमजुङमा भण्डाफोर अभियान थालनी गर्ने भएको छ ।नेकपा माओवादीे लमजुङले राष्ट्रघात र भष्ट्राचारको मुद्धा तल्लो कमिटी र आम जनसमुदायसम्म लैजाने निर्णय गरेको हो । माओवादी लमजुङका ईन्चार्ज मोहनहरी पौडेलले एकीकृत नेकपा माओवादी भित्रका राष्ट्रघाती, नव संशोधनबादी र भष्ट्राचारीको नाम सार्वजनिक गरी भण्डाफोर गर्ने बताउनु भयो ।ईन्चार्ज पौडेलले एकीकृत नेकपा माओवादीले क्रान्ति र जनतालाई धोका दिएको कुरा आम कार्यकर्ता माझ पु¥याउने र समाजमा रहेका सबै भ्रष्टाचारीको नाम छिट्टै सार्वजनिक गर्ने गरिने समेत जानकारी दिनुभयो ।नेकपा माओवादीले लमजुङ, तनहुँ र गोरखा जिल्लाको भेला तनहुँको डुम्रेमा आयोजनागरी जिल्लास्तरको जिम्मेवारी र कार्यक्रम तय गरेको हो । लमजुङमा मोहनहरी पौडेललाई ईन्चार्ज, बुद्धिराम गुरुङलाई सेक्रेटरी र सतिमाया तामाङलाई सह–सेक्रेटरीको जिम्मेवारी तोकिएको छ । यसअघि पौडेल र गुरुङ एकीकृत नेकपा माओवादीको सहईन्चार्ज र तामाङ राज्य समिति सदस्य पदमा थिए । बाँकी पदहरुको भने बाडफाँड गरिएको छैन । लमजुङमा झण्डै सय जनाको एकीकृत नेकपा माओवादीको जिल्ला संगठन समितिमा करिब एक तिहाई र २२ जनाको राज्य समितिमा आधा संख्यामा बैद्य पक्ष रहेका थिए ।



( मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको कुर्सीका लागि मात्रै दलहरुबीच विवाद भइरहेको दावी गर्नुभएको छ ।
असार २३ -
( मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको कुर्सीका लागि मात्रै दलहरुबीच विवाद भइरहेको दावी गर्नुभएको छ । मधेश मिडियाले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सत्तारुढ र विपक्षी दलबीच कुर्सीका लागि मात्रै खिचातानी भइरहेको बताउनुभयो । सत्ता पक्ष कुर्सी छाड्नै नमान्ने, विपक्षी दल कुर्सी हात पार्ने जिद्दीमा रहेकाले मुलुक संकटमा फस्न लागेको यादवको भनाई छ ।सत्ता र विपक्षी दल सहमतिमा आएर मुलुकलाई थप संकटबाट जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मुलुकलाई कमजोर बनाउन संघीयता र गणतन्त्र विरोधी शक्तीहरु लागि परेको यादवले बताउनुभयो ।



(पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले आगामी मंसिर ७ गते घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको बताउनुभएको छ)
असार २३ –
 नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले आगामी मंसिर ७ गते घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको बताउनुभएको छ । जनकपुरमा एमालेको अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको शनिवार समापन गर्दै खनालले चुनाव असम्भव भएको दावी गर्नुभयो ।‘सरकारले घोषणा गरेको निर्वाचन एउटा नौटंकी मात्र हो’, अध्यक्ष खनालले भन्नुभयो, ‘यो सम्भव छैन ।’प्रधानमन्त्री डा। बाबुराम भट्टराईले स्वच्छाधारी र संविधान विरोधी कदम चालेर निर्वाचन घोषणा गरेको उहाँले आरोप लगाउनुभयो । माओवादी देशलाई मुठभेड र ध्रवीकरण तर्फ धकेलेको भन्दै खनालल दलहरुबीच सहमतिको विकल्प नरहेको दोहोर्याउनुभयो ।मुलुकलाई निकास दिन जनआन्दोलन, जनदवाव र राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै उहाँले संविधानले भनई राजनीतिक सहमतिले देशलाई निकास दिने बताउनुभयो । खनालले एक मधेश एक प्रदेश तराईको श्रमजीवी जनताको अवधारणा नरहेको भन्दै नेपाललाई विभाजन गर्न यस्तो मुद्दा उठाइएको बताउनुभयो ।कार्यक्रममा सचिव युवराज ज्ञवालीले एमालेलाई संघीयता तथा आदिवासी जनजाति विरोधी भएको झुठा प्रचारबाजी गरिएको बताउनुभयो । 





(सञ्चारमन्त्री राजकिशोर यादवलाई पद मुक्त गर्न माग गर्दै मधेशी जनाधिकार फोरम गणतान्त्रिकका बहुमत केन्द्रीय सदस्यहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् )
२३ असार, काठमाण्डौं ।
 सञ्चारमन्त्री राजकिशोर यादवलाई पद मुक्त गर्न माग गर्दै मधेशी जनाधिकार फोरम गणतान्त्रिकका बहुमत केन्द्रीय सदस्यहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । फोरम गणतान्त्रिकका कार्यावाहक अध्यक्ष नन्दन कुमार दत्तको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई एक साता अघि नै ध्यानाकर्षण गराएपनि कुनै प्रक्रिया अघि नसारेकाले सरकारको नेतृत्व गरेको दलको अध्यक्षका हैसियतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आग्रह गरिएको दत्तले जानकारी दिनुभयो ।पार्टीले निष्कासन गरेका व्यक्ति नै आफ्नो दलको नेतृत्व गर्दै सरकारमा रहेको भन्दै नेताहरुले आपत्ति जनाएका थिए । आफ्ना मागहरु तत्काल कार्यान्वयन नभए सरकार विरुद्ध आन्दोलन गर्ने पनि उनिहरुले चेतावनी दिएका छन् ।यसैबीच गणतान्त्रिकको टोलीले सञ्चारमन्त्रीलाई पदमुक्त गर्नेबारे ध्याकर्षण गराउन आजै गृहमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारलाई भेट्ने कार्य क्रम रहेको नेताहरुले जनाएका छन् ।




(विदेशी नाम राखेर शिक्षामा व्यापारीकरण गरेको भन्दै नेविसंघले शनिवार विदेशी फुटबल क्लब र शहरका नामबाट राखिएका कलेजका साईन बोर्डहरु हटाएको छ )
असार २३ –
विदेशी नाम राखेर शिक्षामा व्यापारीकरण गरेको भन्दै नेविसंघले शनिवार विदेशी फुटबल क्लब र शहरका नामबाट राखिएका कलेजका साईन बोर्डहरु हटाएको छ । बानेश्वर क्षेत्रमा रहेका कोलम्बस, लिभरपुल, फ्लोरिडा तथा तिनकुनेमा रहेका पेन्टागन र बार्सा कलेजका साईनबोर्डमा विरोध स्वरुप कालो पोत्नुका साथै केही साईन बोर्ड निकालिएको नेविसंघका नेता युपी लामिछानेले जानकारी दिनुभयो ।विदेशी नाम राखेर विद्यार्थीहरुलाई आकर्षित गर्ने तर शैक्षिक गुणस्तर सुधार्न ध्यान नदिएकाले चेतावनी स्वरुप साईनबोर्ड निकालिएको उहाँको भनाई छ । विदेशी नाम राख्नु भन्दा स्वदेशी नाम राखेर विद्यार्थीहरुलाई राष्ट्रियताप्रति सचेत गराउन सकिने भएकाले त्यस्ता नाम हटाउन उच्च मावि शिक्षा परिषद, प्याब्सन र हिसानलाई शुक्रवार बेलुकासम्म अल्टिमेटम दिएपनि बेवास्ता गरेपछि त्यस्ता कलेजको साईनबोर्ड हटाउन शुरु गरिएको नेविसंघले जनाएको छ ।  लाखौंका साईनबोर्ड र विज्ञापन राख्ने र त्यो रकम विभिन्न बहानामा शुल्कको नामबाट असुलेर अभिभावकका ढाड भाँच्न काम गरेर कलेजहरुले शिक्षामा व्यापारीकरण गरेको भन्दै विद्यार्थी संगठनले त्यसका विरुद्ध संगठित आन्दोलन गर्ने तयारी भईरहेको जनाएका छन् ।




(च्याउ खाएर मकवानपुरको भैसे गाबिसमा ९ जना बिरामी परेका छन्)
असार २३ –
च्याउ खाएर मकवानपुरको भैसे गाबिसमा बिषालु च्याउको तरकारी खाँदा शुक्रवार राती ९ जना बिरामी परेका छन् । भैसे गाबिसको वडा नंम्बर १ र ४ का तीन परीवारले जंगलबाट ल्याएको बिषालु च्याउ खाँदा ९ जना बिरामी परेका हुन् ।बिरामी पर्नेहरुमा २७ बर्षिया सिर्जना थापा, ११ बर्षिय सिजन थापा, ३० बर्षिय गोपीकृष्ण थापा, ३१ बर्षिया लक्ष्मी बस्नेत, १४ बर्षिया देबिका सापकोटा, १२ बर्षिया सुनिता सापकोटा, १० बर्षिय सिजन बिक, ११ बर्षिय हरिशरण बिक, र १८ बर्षिय रुपा नेपाली छन् ।उनीहरुलाई  उपचारका लागि राती १२ बजे उपचारका लागी हेटौडा अस्पताल ल्याइएको छ ।




अन्तर्राष्ट्रिय सहकारी दिवस शनिवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।
असार २३ –
 अन्तर्राष्ट्रिय सहकारी दिवस शनिवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघले गएको १० वर्षदेखि हरेक जुलाई महिनाको पहिलो शनिबारलाई सहकारी दिवसका रुपमा  मनाउँदै आएको छ ।  नेपाल भने १९ वर्षअघिदेखि राष्ट्रिय सहकारी दिवस मनाईदै आइएको छ ।अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले दिउँसो काठमाडौको भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्दैछ । देशभर अहिले २४ हजारको हाराहारीमा सहकारी संस्था क्रियाशील छन् । देशैभरका सहकारी संस्थाका कारण ५० हजारले प्रत्यक्ष र ५ लाख जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।नेपालमा ‘सहकारी व्यवसाय मार्फत समृद्ध, नेपालको निर्माण गरौं’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताउनुभयो





(अबरुद्ध भएको सेना समायोजनको काम फेरि कहिलेदेखि शुरु हुन्छ भन्ने अन्योल भएको छ ।)
असार २३ –
अबरुद्ध भएको सेना समायोजनको काम फेरि कहिलेदेखि शुरु हुन्छ भन्ने अन्योल भएको छ । यस विषयमा सरकारसित छलफल भैरहेको सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले बताउनुभयो।आफूहरुले सरकारको निर्देशन र सातबुँदे सहमति अनुसार काम गरिरहेकोले फेरि पनि सरकारले गर्ने निर्णय अनुसार नै काम हुने उहाँको भनाई छ । यस्तै लडाकुका सातौं डिभिजनका कमाण्डर सन्तु दराई परवानाले बुझाई फरक परेकाले काम रोकिएको र माथिल्लो तहमा छलफल गरी सहमति जुटाउने प्रयास भैरहेको बताउनुभयो ।प्रकृया अवरुद्ध भएपनि यसले ठूलो समस्या ननिम्त्याउने उहाँको भनाई छ । पछिल्लोपटक गरेको शिक्षा र अनमिनले प्रमाणित गरेको उमेरलाई मान्यता दिन माग गर्दै माओबादी लडाकुले विरोध गरेपछि शुक्रवारदेखि प्रकृया अवरुद्ध भएको हो ।समायोजनका नाममा अपमानित ढंगले नयाँ भर्ना गरिएको भन्दै असन्तुष्टी जनाउँदै लडाकुले समायोजनको प्रकृया बहिस्कार गरेका छन् ।







– त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानमा दक्ष पदाधिकारी नियुक्तिको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरहरुले शनिवार सेवा पुरै रोकेका छन्
असार २३ –
 त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानमा दक्ष पदाधिकारी नियुक्तिको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरहरुले शनिवार सेवा पुरै रोकेका छन् । अस्पताल भर्ना भएका बिरामीहरुलाई शुक्रवारसम्म सेवा दिएपनि शनिवारदेखि भने सेवा रोकिएको एमएस अर्थोपेडिक पहिलो वर्षमा अध्ययनरत डा। आकाश पोखरेलले जानकारी दिनुभयो ।आवासीय डाक्टरहरुले काम रोकेपछि अस्पतालमा भर्ना भएका बिरामी मर्कामा परेका छन् । समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै शनिवार राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी भएको पोखरेलले बताउनुभयो ।





अविरल वर्षाको कारण पहिरो जाँदा गुल्मीको रिडी—रुद्रवेणी सडक खण्ड शनिवार बिहानदेखि अवरुद्ध बनेको छ ।
असार २३ –
अविरल वर्षाको कारण पहिरो जाँदा गुल्मीको रिडी—रुद्रवेणी सडक खण्ड शनिवार बिहानदेखि अवरुद्ध बनेको छ । रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत ग्वादी गाविस ५ स्थित साँघुरे र जोहाङ्ग गाविस स्थित कमेरे भन्ने ठाउँमा सडक माथिवाट पहिरो खसेपछि सडक अवरुद्ध वनेको हो ।लगातार वर्षाको कारण सडकमा रहेको पहिरो हटाउन तत्काल समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध बनेपछि बिहानैदेखि बुटवलबाट बामी टक्सार हुँदै बुर्तिवाङ्गसम्म ओहोरदोहोर गर्ने गाडी बीच सडकमै अलपत्र परेका छन् ।यस्तै अविरल वर्षाको कारण सडक माथिवाट झरेको लेदोमाटोका कारण बिहानदेखि अवरुद्ध गुल्मीको तम्घास गौंडाकोट सडक खण्ड खुलेको छ ।




मनसुन अहिले देशभर सकृय
असार २३ –
अघिल्लो हप्तासम्म कमजोर रहेको मनसुन अहिले देशभर सकृय भएको छ । लगातार पानी पर्न थालेपछि खोलानाला पनि रसाउन थालेका छन् । वर्षासँगै खोलानालामा पानी बढ्न थालेपछि किसान धान रोपाईंमा व्यस्त छन् । पानी पर्ने क्रम अझै केही दिन चल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायुको प्रभाव घटबढ हुँदा वर्षाको क्रम पनि तलमाथि हुने गरेको छ । केही दिन मनसुन सकृय रहने र त्यसपछि भने फेरि उतारचढाब आउन सक्ने उहाँले बताउनुभयो ।शनिवार पनि काठमाडौ उपत्यका सहित देशभर पानी पर्नेछ । तराईका केही ठाउँमा भारी बर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





पोखरामा क्रियशिल नागरिक समाज पोखराद्धारा चौतारी सरंक्षण अभियानको प्रतिवेदन सार्वजनिक असार २३
पोखरामा क्रियशिल रुपमा सामाजिक कामहरुमा अगाडि बढिरहेको सस्था शान्ति, वातावरण र सुशासनका लागि नागरिक समाज पोखराले केही महिना अघि वडा नं ७ मा चौतारी सरंक्षण अभियान सुरु गरेको थियो । ।समाजले आज पोखरामा एक कार्यक्रमको आयोजना गरि चौतारी सरंक्षण अभियानको प्रतिवेदन सार्वजनिक गरेको छ ।पोखरा वडा नं ७ मा सुरु गरेको चौतारी सरंक्षण अभियानमा सो क्ष्ँोत्रमा रहेको रत्नचोक देखि राष्ट्रबैंकचोक सम्मको बाटोमा रहेको रुखहरुलाई पुन मर्मत गर्नुका साथै नयाँ विरुवा समेत रोपेको छ । रत्नचोक देखि राष्ट्रबैंकचोक सम्मको क्षेत्रमा रहेको १२ वटा रुखलाई पुन मर्मत गरि त्यसको सरंक्षण पनि गरिएको छ भने थप एउटा नयाँ विरुवा पनि त्यस ठाउँमा रोपिएको छ । चौतारी सरंक्षण अभियानका लागि समाजलाई  रहेका स्थानिय बासिन्दाले पनि  सहयोग गरेको समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । चौतारी सरंक्षण अभियानको लागि करिब ८९ हजार रुपैया खर्च भएको पौडेलले बताएका छन्
ल्भधक अगत
पोखराको पृथ्वीनारायण वहुमुखी क्याम्पस का स्नातकोत्तर एवं शिक्ष शास्त्र संकाय र अंग्रेजी समुहका विधार्थिहरुद्धारा ई एल टि न्यूज वर्ष २ अंक १ को आज एक कार्यक्रमका विच विमोचन गरिएको छ । क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रिकाको समालोचना अंग्रेजी विभाग प्रमुख  राजेन्द्र तिवारी र डा। ध्रुव कार्कीले गरेका थिए ।कार्यक्रममा उप प्राध्यापक तिर्थराज अर्याल , उप प्राध्यापक यम वहादु। क्षेत्री,डिग्री कार्यक्रम संयोजक चोलाकान्त ओझा , अतिथि सम्पादक नवराज न्यौपाने ,पिताम्वर पौडेल,पुर्व वर्षका प्रधान सम्पादक गोविन्द चापागाँई र संयोजक कुमार सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।पत्रिकाका सम्पादक हिरावहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विधार्थि सकुन्तला ढकालले गर्नुभएको थियो । 




(विभिन्न वितण्डा मच्चाएर बाराको हलखोरिया जंगलबाट गायब भएका तपस्वी रामबहादुर बम्जन सिन्धुलीको जनकल्याण सामुदायिक बनमा भेटिएका छन्)
२३ असार, सिन्धुली ।
विभिन्न वितण्डा मच्चाएर बाराको हलखोरिया जंगलबाट गायब भएका तपस्वी रामबहादुर बम्जन सिन्धुलीको जनकल्याण सामुदायिक बनमा भेटिएका छन् ।असार २ गते सिन्धुली आएका बताइएका बंजन शनिबार सदरमुकाम बाट करिव २ कि।मी।भित्र कमलामाई नगरपालिका(७ को जनकल्याण सामुदायिक बनमा सहयोगीका साथ भेटिएका हुन् । तपस्वीको पत्रकार सम्मेलन भनिएपनि पत्रकारसामु फोटो खिच्नमात्र केही मिनेटमात्रै उपस्थिती जनाएका थिए । पत्रकारहरुको जिज्ञासाको सहयोगी दर्शन लिम्बुले जवाफ दिएका थिए । बम्जन आफूले प्रप्त गरेका ज्ञानको लेखनकार्यमा ब्यस्तरहेको बताइएको छ । बनमा बिभिन्न सुचनाका बोर्डहरु र ध्वजाहरुका साथ सजिएको हृवाङ्ग्रे डाँडामा बनाइएको कुटीमा बस्दै आएका बम्जनले लिपीबद्ध गरेका ज्ञानलाई विभिन्न १७ भाषामा प्रकाशन गरिने उनका सहयोगीहरु बताउँछन् ।बाराको हलखोरीया जंगलमा तपस्यामा बसेको भनिएका बम्जन र उनका समर्थकहरुको गतिविधि पछिल्लो समय विवादमा परेको थियो । उनका समर्थकले बुद्धका नाममा नागरिकता दिनु पर्ने माग राख्दै सडक आन्दोलन गरेका थिए भने चेकोस्लाभियाकी नागरीक मारिचीलाई बन्दक बनाएका थिए । त्यसक्रममा प्रहरीले जंगलको बीचमा भव्य भवन बनाएको तथा रुखहरु समेत काटिएको भेट्टाएपछि वम्जन गाएब भएका थिए ।बम्जनका समर्थकहरुले भने तस्करहरुले जंगलफडाँनी र बन्यजन्तुको अवैध सिकार गर्न नपाएर पत्रकारहरु सामु भ्रम फैलाएर बिवादित बनाएको बताए ।

 



अर्थ समाचार
 २३ असार,
यस साता शेयर बजारमा सामान्य अंकको सुधार आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २ दशमलब आठ सात अंकले वृद्धि भई अन्तिम दिन ३ सय ७७ दशमलब तीन नौ अंकमा पुग्यो । यस साता विकास बैंक समूह बाहेक अरु कारोबार भएका सबै समूह धनात्मक रहे । यस साता कारोबार परिमाणमा पनि उच्च बृद्धि आयो ।यस साता नेपाल स्टक एक्सचेन्जमा ११४ कम्पनीको ५ हजार १ सय ७६ कारोबारबाट ३० करोड ५१ लाख रुपैयाँ बराबरका ५ लाख ७८ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता १०३ कम्पनीको ४ हजार ३ सय ९५ कारोबारबाट १७ करोड ३१ लाख रुपैयाँ बराबरका ५ लाख ७८ हजार ८ सय ६४ कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ७६ दशमलब २४ प्रतिशतले वृद्धि आएको हो ।






सुनको मूल्य शुक्रवार केही बढेको छ
२२ असार, काठमाण्डौ ।
 सुनको मूल्य शुक्रवार केही बढेको छ । विहीवारको तुलनामा सुन शुक्रवार प्रतितोला एक सय रुपैयाँले बढेको छ । विहीवार प्रतितोला ५६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य शुक्रवार प्रतितोला ५६ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।यस्तै तेजाबी सुन पनि एक सय रुपैयाँले नै बढेको छ । विहीवार ५६ हजार २ सय रुपैयाँमा कारोवार भएको तेजावी सुन बढेर शुक्रवार ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउँमा महंगीएपछि नेपाली बजारमा सुन केही बढेको शाक्यले वताउनुभयो । यस्तै चाँदी भने शुक्रवार प्रतितोला एक हजार २५ रुपैयाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।





अन्तराष्ट्रिय समाचार,
लगातारको विरोधका बाबजुद अमेरिकी सेनाले ड्रोन आक्रमण नरोकेकोमा पाकिस्तानले आपत्ति जनाएको छ
असार २३ –
लगातारको विरोधका बाबजुद अमेरिकी सेनाले ड्रोन आक्रमण नरोकेकोमा पाकिस्तानले आपत्ति जनाएको छ । उत्तरपश्चिमी आदिवासी इलाकामा अमेरिकी ड्रोन आक्रमणमा १२ जना शंकास्पद विद्रोहीको ज्यान गएपछि पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो ।पाकिस्तानी सुरक्षा अधिकारीहरुका अनुसार उत्तरी वजिरिस्तानको मिरानशाह गाउँको पूर्वी क्षेत्रमा पाँच वटा मिसाईल प्रहार भएको थियो । तालिवान विद्रोहीका कमान्डर हाफिज गुल बहादुरको बलियो पकड रहेको क्षेत्र दत्ताखेललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आतंकवादीलाई लक्षित गरी आक्रमण हुने अमेरिकाले दावी गरेपनि पाकिस्तानले भने निर्दोष आदिवासी नागरिक मारिएको भन्दै विरोध जनाउँदै आएको छ । ड्रोन आक्रमण नरोके अमेरिकासंगको सम्बन्ध बिग्रने चेतावनी पनि पाकिस्तानले दिएको छ ।यसैबीच पाकिस्तानकै बलुचिस्तान प्रान्तको तुरबत इलाकामा गैरकानूनी तरिकाले सीमा पार गर्न लागेका मानिसको समूहमाथि नचिनेको समूहले आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ ।गैरकानूनी रुपमा इरान प्रवेश गर्न लागेका व्यक्तिहरु चढेको गाडीमा मोटरसाईकलमा रहेका बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले जनाएका छन् । मारिनेमा १३ जना पाकिस्तानी र पाँच जना अफगानी रहेको बताइएको छ ।







दक्षिण रुसमा बाढीमा परी कम्तीमा ७८ जनाको ज्यान गएको छ ।
असार २३ –
 दक्षिण रुसमा बाढीमा परी कम्तीमा ७८ जनाको ज्यान गएको छ । क्रान्सोदार प्रान्तमा भीषण वर्षापछिको ठूलो बाढीले जनधनको क्षति गरेको बिबिसीले जनाएको छ ।क्राम्स्क शहरमा ६७ जना र गेलेनझिक शहरमा ९ जना र नोभोरोसिस्क शहरमा दुई जनाको ज्यान गएको छ । १३ हजार मानिस बाढीको चपेटामा परेका छन् । हवाई जहाज र हेलिकोप्टबार उद्धार टोली प्रभावित क्षेत्रमा गएको छ ।




अमेरिकाले अफगानिस्तानलाई मुख्य गैर नेटो सहयोगीको मान्यता दिने घोषणा गरेको छ ।
असार २३ –
 अमेरिकाले अफगानिस्तानलाई मुख्य गैर नेटो सहयोगीको मान्यता दिने घोषणा गरेको छ । आकस्मिक रुपमा अफगानिस्तान पुगेकी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले त्यहाँका राष्ट्रपति हामिद कारजाईसंगको भेटपछि यस्तो घोषणा गर्नुभएको हो ।अमेरिकाले गैर नेटो सहयोगीको मान्यता दिएका राष्ट्रहरुलाई हतियार निर्यात र सैन्य सहयोगमा प्राथमिकता दिने गरेको छ । यसअघि यस्तो मान्यता अष्ट्रेलिया, ईजिप्ट र ईजरायललाई प्रदान गरिसकेको छ ।अमेरिकी विदेशमन्त्री क्लिन्टनले नयाँ घोषणा अफगानिस्तानको भविष्य प्रतिको प्रतिवद्धताको बलियो संकेत भएको प्रतिक्रिया दिनुभयो । मुख्य दाता राष्ट्रको जापानमा हुने सम्मेलन अघि अमेरिकी घोषणा आएको हो । जापानको राजधानी टोकियोमा आइतबारदेखि शुरु हुने सम्मेलनमा नेटो नेतृत्वको सैन्य टोलीले अफगानिस्तान छोडेपछि अफगानिस्तानलाई गर्न सकिने सहयोगका बारेमा छलफल हुनेछ ।अफगानिस्तानले सहयोगको प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको छ भने दाता राष्ट्रहरुले सहयोगको सुनिश्चितताका लागि पारदर्शिता र सुशासनको स्पष्ट प्रतिबद्धता अफगानिस्तानले जनाउनुपर्ने बताउँदै आएका छन् ।





पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको चेन्जिङ्ग रुम बन्ने भएको छ ।
असार २३ –
 पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको चेन्जिङ्ग रुम बन्ने भएको छ । अर्थ मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएपछि रंगशालाभित्र चेन्जिङ्ग रुम अर्थात खेलाडीले लुगा फेर्ने तथा आराम गर्ने कोठा बन्न लागेको हो ।कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाका अनुसार रंगशालाभित्र फुटबल मैदानको पश्चिमतर्फ रहेको भिआइपी प्याराफिटको तल्लो तलामा अन्र्तराष्ट्रियस्तरको चेन्जिङ्ग रुम बनाईने छ । खेलाडी, रेफ्री तथा अफिसियलहरुलाई कपडा फेर्नका लागि छुट्टाछुट्टै कोठा बनाईने छन् ।ती कोठाहरुमा आराम गर्ने सुविधा, ठुला ऐना, महिला पुरुषका लागि छुट्टाछुट्टै बाथरुम समेत बनाइने छ । पोखरा उपमहानगरपालिकाका इन्जिनियरहरुले चेन्जिङ्गरुम निर्माणका लागि झण्डै १७ लाख रुपैंया खर्च हुने अनुमान गरेका छन् ।विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन हुँदै आएको पोखरा रङ्गशाला मर्मत सम्भारको अभावमा नाजुक अवस्थामा पुगेको छ । मैदान जो सुकैले प्रयोग गर्दा अव्यवस्थित बनेको हो । विभिन्न प्रतियोगिताहरुका लागि मैदान तयार गरी दुबो उमारी राख्नुपर्नेमा अहिले मैदान हिलाम्मे हुदाँ पनि सरोकारबालाहरुले ध्यान दिन सकेका छैनन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI