असार २३ – दक्षिण रुसमा बाढीमा परी कम्तीमा ७८ जनाको ज्यान गएको छ । क्रान्सोदार प्रान्तमा भीषण वर्षापछिको ठूलो बाढीले जनधनको क्षति गरेको बिबिसीले जनाएको छ ।क्राम्स्क शहरमा ६७ जना र गेलेनझिक शहरमा ९ जना र नोभोरोसिस्क शहरमा दुई जनाको ज्यान गएको छ । १३ हजार मानिस बाढीको चपेटामा परेका छन् । हवाई जहाज र हेलिकोप्टबार उद्धार टोली प्रभावित क्षेत्रमा गएको छ ।