
केही स्वेच्छिक अवकासमा पनि नआएको र परीक्षामा पनि सहभागी नभएको सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ । अधिकृत र पदिक दर्जाका लागि झण्डै १ हजार ६ सय भन्दा बढीले लिखित परिक्षा दिईसकेका छन् । परिक्षको नतिजा आएपछि मात्र समायोजनमा जानेको तथा थप स्वेच्छिक अवकास लिनेको टुंगो लाग्ने सचिबालयले बताएको छ । एक दुई हप्तापछि लिखित परिक्षाको परिक्षाफल प्रकाशित हुनेछ । यसैबीच सेना समायोजन विशेष समितिको सचिवालयले यसअघि स्वेच्छिक अवकास रोजेका माओवादी लडाकुलाई दोस्रो किस्ता बापतको रकम उपलब्ध गराउन काम थाल्ने भएको छ ।