चितवन, असोज ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह
केसीले संविधान पूनःस्थापना नभई नयाँ निर्वाचनमा सहमती गर्नुपर्ने
बताउनुभएको छ । दलहरुले निर्णायक सहमती हुने कुरा गरिरहेका बेला उहाले
संविधानसभा पूनःस्थापनामा लागि वहस गर्नु निरर्थक भएको उल्लेख गर्नुभयो ।नेपाली कांग्रेस चितवनको नयाँ पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रमका लागि चितवन पुग्नुभएका नेता केसीले निर्वाचनमा जाने सहमती हुनु आवश्यक भएको बताउनुभयो ।
देशमा राष्ट्रिय सहमतीको सरकारको आवश्यकता रहेको भन्दै केसीले प्रधानमन्त्रीले राजिनामा दिए एक घण्टामा नै काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तोकिने दाबी गर्नुभयो ।