काठमाडौ
१४ असोज / राष्ट्रपति डा रामबरण यादबले चाँडो सहमति जुटाउन फेरि पनि
राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकष्र्ण गराउनु भएको छ । राष्ट्रिय
सहमति विना जारी राजनीतिक गतिरोध अन्त्य नहुने भन्दै उहाँले प्रमुख दलका
शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको हो ।
छलफलका क्रममा नेताहरुले सहमतिका
लागि आन्तरिक र द्विपक्षिय छलफललाई निरन्तरता दिएर एकहप्ता भित्र
राष्ट्रिय सहमित कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमति कायम गर्न भोली दिउँसो तीन बजे मधेशी मोर्चा सहित प्रमूख तीन दलको बैठक बस्ने सहमति गरेको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । मुलुकलाई निकास दिने बिषयमा पटक पटक गरेको आग्रह दलहरुले अबज्ञा गरेपछि राष्टपति यादबले तत्काल सहमति गर्न दबाब दिन प्रमुख दलका शिर्ष नेताहरुलाई शितल निबास बोलाउनुभएको थियो ।
संबिधानसभा बिघटन भएको आज चार महिना पुरा हुदा पनि दलहरुबीचको गतिरोध जारी रहँदा विवादित विषयमा कुनै सहमति हुन सकेको् छैन् । यसअघि भाद्र ३१ गते भएको छलफलमा राष्ट्रपति यादवले संविधानका विवादीत विषयबस्तुलाई छिटो टुंग्याउन आग्रह गर्नुभएको थियो ।
छलफलका क्रममा नेताहरुले सहमतिका
लागि आन्तरिक र द्विपक्षिय छलफललाई निरन्तरता दिएर एकहप्ता भित्र
राष्ट्रिय सहमित कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सहमति कायम गर्न भोली दिउँसो तीन बजे मधेशी मोर्चा सहित प्रमूख तीन दलको बैठक बस्ने सहमति गरेको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । मुलुकलाई निकास दिने बिषयमा पटक पटक गरेको आग्रह दलहरुले अबज्ञा गरेपछि राष्टपति यादबले तत्काल सहमति गर्न दबाब दिन प्रमुख दलका शिर्ष नेताहरुलाई शितल निबास बोलाउनुभएको थियो ।