Responsive Ad Slot

latest

उखु आन्दोलन र वार्ता सँगै

Saturday, February 9

/ by Unknown
सर्लाही, २७ माघ/ उखुको मुल्य निर्धारण गर्न माग राखेर अन्दोलन जारी राखेका उखु किसानहरूले वार्ता र आन्दोलन सँगै लैजाने भएका छन् ।चिनी उद्योग संघले वार्तामा बोलाएपछि किसानहरूले वार्तामा पनि जाने आन्दोलन पनि गर्ने उनीहरूले बताएका छन् । आन्दोलनरत पक्षले आज १२ बजेदेखि २ बजेसम्म उद्योगमा धर्ना दिनुको साथै निकासी पैठारी बन्द गर्ने जनाएको छ ।नेपाल उखु उत्पादक महासंघको आह्वानमा आन्दोलनरत किसानले चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत दुई घन्टा उखु बोक्ने सवारी पनि बन्द गरेका थिए । किसानहरूले उखुको मूल्य प्रतिक्विन्टल ४८३ रुपैयाँ ७० पैसा कायम हुनुपर्ने माग राखेका छन् ।उद्योगीहरूले भने बिहारको रिगा मिलले तय गरेको आधारमा ४६४ रुपैयाँभन्दा दिन नसक्ने अडानमा छन् । सुनसरी, मोरङ, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा र नवलपरासी जिल्लामा गरी देश भरमा नौवटा ठूला उद्योग र दर्जनौँ साना उद्योग सञ्चालनमा छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI