१९ फागुन, म्याग्दी । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक निकास निकाली चुनान गर्न प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए पनि यसबाट गलत नजिर बस्न नदिने बताउनुभएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु दलहरुको बाध्यता भएको नेता नेपालको भनाई छ ।

नेपालले भन्नुभयो-’दलभित्रैबाट सहमतिको चुनावी सरकारको नेतृत्व खोज्दा कुनै व्यक्तिमा पनि सहमति जुट्न नसकेपछि निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्नुपर्ने बाध्यतात्मक अवस्थाको सिर्जना भएको हो,’ उहाँले भन्नुभयो ‘वर्तमान सरकारको विस्थापनका निम्ति शक्ति केन्द्रीकरण र सर्वसत्तावादको जोखिमप्रति सचेत हुँदै लोकतन्त्र खतरामा पर्न नदिन सचेत भएका छौँ ।’
पत्रकार सम्मेलनमा एमाले सचिव शङ्कर पोखरेलले शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रको रक्षा गर्ने विषयमा दलहरु सचेत भएको भन्दै दलहरुमा आपसी अविश्वास र असमझदारी हुँदा तथा राज्यले दण्डहीनतालाई प्रश्रय दिँदा अन्तर्राष्ट्रिय चासो बढेर हस्तक्षेपका रुपमा देखिन थालेको बताउनुभयो ।