आँबुखैरेनी, असार २९ - आदिकवि भानुभक्त आचार्यको २०० औं जन्मजयन्ती शनिवार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । भानुजयन्तीका अवसरमा उहाँको जन्मस्थान तनहुँसहित काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।काठमाडौंमा भानु प्रतिष्ठानले विशेष कार्यक्रम गर्दैछ । नेपाल बाहेक भारतको दार्जिलिङ्ग, सिक्कीम, असाम लगायत ठाउँमा पनि भानुभक्तको ब्यक्तित्व र कृतित्वको चर्चा गर्दै बिभिन्न कार्यक्रम हुँदैछन् ।विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो ।संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँको प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् । भानुभक्तका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ साहित्यमा चिनिनु भएहो हो । नुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो ।बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका उहाँले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाउनु भएको थियो ।भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०० औं भानु जयन्ती मनाइँदै

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com