
अमेरिकामा रहँदा कोइरालाले पार्टी निकटका सङ्गठनले आयोजना गरेको कार्यक्रममा पनि भाग लिनु भएको थियो । अमेरिकाको न्यूयोर्कको योर्क एभिन्यूस्थित स्रोल्न केटरिङ क्यान्सर रिसर्च सेन्टरमा कोइरालाले जिब्रोको परिक्षण गराउनु भएको हो ।
कोइरालाको युरोप भ्रमणको पनि कार्यक्रम रहेपनि निर्वाचन आयोगद्धारा सञ्चालित फोटा सहितको मतदाता नामावलीमा नाम दर्ता नगराएको भएकाले सोही कार्यका लागि भ्रमण छोट्याएर र्फकन लाग्नुभएको हो ।