मानिसहरू आफ्ना गल्ति लुकाउनका लागि विभिन्न खाले झुठ बोल्ने गर्छन् । सकेसम्म झुठ बोलेर आफ्ना गल्ति लुकाउने गर्दा त्यस झुठले अर्को झुठ समेत बोल्न बाध्य तुल्याउँछ । झुठ विषेशगरी गल्ति लुकाउन बोलिने भएपछी कहिलेकाँही भने राम्रो कामका लागि पनि झुठ बोल्नु पर्ने हुन्छ । राम्रो कामका लागि बोलिने झूठले मानिसलाई तल खसाल्ने नभइ राम्रो दृष्टिकोणले हेर्नका लागि समेत मद्धत गर्छ ।
तर, यही झुठ मात्र गल्ति लुकाउनका लागि बोलिँदा त्यसले नकारात्मक असर गर्ने गर्छ । विषेशगरी हामीले दिनहुँ जसो पनि आफ्ना स-साना गल्ति लुकाउन पनि झुठको साहारा लिइरहेका हुन्छौ भने कतिपय अवस्थामा झुठ बोलेरै अरूभन्दा आफूलाई ठुलो देखाउने पनि गर्छौ ।
झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् । यसक्रममा यहाँ महिलाहरुले पुरूषलाई ठेस नपुर्याउन र पुरूषलाई आफूप्रति आकर्षित गर्न महिलाले बोल्ने झुठहरू के के छन् । ती झूठहरू थाहा पाऔः
- मैले तिम्रो फोनको प्रतिक्षा गरिरहेको थिइन् ।
- तिमी मलाई साह्रै राम्रो लाग्छ तर मलाई यो थाहा छैन् की म तिमीसँग साच्चै प्रेममा कहिले पर्छु ।
- यदी अहिलेको अवस्थामा म कसैसँग सुत्न चाहन्छु भने त्यो तिमी मात्र हुनेछौ ।
- मलाई लाग्छ यो बिलको पैसा हामी दुवैले तिर्नुपर्छ । तिमीले नै सधै तिर्नुपर्छ भन्ने छैन् ।
- मैले अहिलेसम्म यस्तो विचार नै गरेको थिइन की मलाई यो चीज यति धेरै मन पर्छ।
- सेक्स एउटा रमाईलो मात्र हो ।
- यदी कुनै केटा राम्रो छैन्, तर पनि धनि छ भने ऊसँगको जीवन सुखसँग चल्छ ।
- तिमी नै यस्तो व्यक्ति हौ जसलाई मैले चाहेको थिए ।
- यदी तिमी उसँग बाहिर गइनौ भने उसले अर्को कोही भेट्ने छ ।
- होइन तिमीबाट केही गल्ति भएको छैन्, सायद मैले नै केही गल्ति गरे होला ।
- म तिम्रो परिवारसँग खुसी छु । ती सबै मैरै परिवार त हुन् ।
- हो, म पनि तिमीसँग साथी बन्न चाहन्थे, म नराम्रो मान्दिन, मैले पनि यही सोचिरहेको थिए ।