Responsive Ad Slot

latest

सप्तरी सेवा समाजको इद उत्सव म्युजिकल नाइट २०११ को अन्तिम तयारी

Saturday, August 27

/ by Admin BHOLA THAPA
रवि रोषी सप्तरी सेवा समाज दोहा कतारले आयोजना गरेको इद उत्सव म्युजिकल नाइट २०११ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको कार्यक्रमका आयोजक अनवर मैथिलले जानकारी गराए । दोहाको अबु हमर स्थित एम।ई। एस। स्कुलको परिसर भित्र आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालबाट ११ जना कलाकार आउने निश्चित भईसकेको छ भने २५०० भन्दा बढि गीतमा स्वर दिईसकेकी भारतीय सुप्रसिद्ध भोजपुरी गायिका देवीको पनि सो कार्यक्रममा आफ्नो प्रस्तुती रहने भएको छ ।

यसरी नेपालबाट आउने कलाकारहरुमा भोजपुरी तथा हिन्दी गीतकी कुशल नृत्यांगना डोली सरकारको विशेष आकर्षक प्रस्तुती रहने छ भने त्यस्तै गरी अन्य महिला नृत्यांगनाहरुमा अस्मिता गिरी मनिषा विश्वकर्मा र रिशिका चौधरीको पनि विभिन्न हिन्दी नेपाली तथा भोजपुरी नृत्य रहने छ । त्यस्तैगरी सप्तरी कला कुाज राजबिराजका गायक महिनारायण मण्डल तथा गायिका सुनिता साह लगायत स्थानीय कलाकार अंजनी कुमार िसंहको पनि गीतहरु प्रस्तुत गरिने सो कार्यत्रममा नाल बादकमा विरेन्द्र सप्तरीया किबोर्डमा शैलेन्द्र विश्वकर्मा र इलेक्ट्रिक प्याडमा राम कुमार चौधरी िसंह नेपालबाट आउँदैछन् । उक्त कार्यक्रममा नेपालबाटै आउने निर्मल साहको उद्घोषण रहने छ । ६० र ४५ मात्र दुइ थरि दर रेटको टिकट मूल्य रहेको सो कार्यक्रममा दर्शकहरुको सुविधालाई ध्यानमा राखी अलफरदान बसपार्क नजिक टिकट काउण्टर खोलिएको छ भने सनैया को अलअतिया मार्केट परिसर भित्र पनि टिकट काउण्टरको व्यवस्था गरिएको अर्का आयोजक मनोज कुमार चौधरीले जानकारी गराए । बसको सुविधा सनैयाको अलअतिया मार्केट तथा अलफरदान बसपार्क बाट र अलखोरबाट आउन जान निशुल्क व्यवस्था गरिएको जानकारी गराए । कतारवासी सवै नेपालीहरुलाई मनोराजन प्रदान गर्ने हेतुले आयोजना गरिएको सो कार्यक्रममा भोजपुरी हिन्दी लगायत नेपाली गीतहरु तथा नृत्यहरु यसपटक समावेश गरिने जानकारी अर्का आयोजक सदस्य अरबिन्द चौधरीले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI