दीपक / रवि रोषी, दोहा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आइसीसीका अध्यक्ष देवमान हिराचन कतारका एनआरएनसंग भेटघाटका लागि गत शनिवार दोहा आए। अध्यक्ष भेटघाट तथा अन्र्तकृयाका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसी कतारले शनिवार साँझ आयोजना गरेको एक विशेष भेलालाई सम्बोधन गर्दै हिराचनले खाडीका नेपालीका समस्यालाई अव उच्च प्राथमिकताका साथ अघि सार्ने र सामुहिक लगानीका विषयमा स्पष्ट लक्ष्य निर्धारण गर्ने प्रतिबद्वता जनाएका छन्। मुलूकबाहिर बस्ने नेपालीहरुले देशको लागि केहि योगदान दिनुपर्छ भन्ने मनशायले आफु स्थापनाकाल देखि एनआरएनसंग आवद्ध भएको र देशदेशावर डुलेर सहकर्मीहरुलाई एकजुट बनाउँदै आएको उनले बताए। अब मुखले मात्र देशलाई केहि गर्छु भन्ने अवस्था नरहेकोले यसलाई व्यवहारमा उतार्नुपर्ने बेला आएको छु उनले भने - अव खाडीमा रहेका नेपालीका आवाज र समस्यालाई उच्च प्राथमिकता दिनुपर्छ अनि सामूहिक लगानीमा स्पष्ट लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ तव मात्रै एनआरएनको शान्त र समृद्ध नेपाल हाम्रो साझा सपना भन्ने नाराले सार्थकता पाउनेछ। सरकारसंग एनआरएनले राखेको मागलाई केहि परिमार्जन गरी नेपाली जनताहरुको एनआरएनप्रति पैदा हुँदै गरेको अविश्वासको अवस्थालाई निराकरण गर्न केहि लचकता अपनाएर दर्ता प्रकृयामा अघि बढ्ने अहिलेको अभियान रहेको उनले संकेत गरे। यसको लागि भावना र सामाजिक विचारमा एकरुपता तथा राजनीतिक सोचबाट टाढा रही सवैले सहयोग गर्नुपर्छु उनले आग्रह गरे।
अबको समय भनेको एनआरएन बढाउने होइन एनआरएन हुनुपर्ने अवस्था घटाउने नीति भएको हुँदा देशमा नै लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारलाई दवाव दिनु आवश्यकता रहेको पनि उनले बताए। संस्था दर्ता गर्ने क्रममा राज्यले निर्धारण गरेको समयावधिलाई मानेर दर्ता गर्नुपरेको अवस्थामा १ सय ८३ दिनको नारालाई छोडी २ बर्षको समायवधिलाई अंगिकार गर्नुलाई अन्यथा नलिन घुमाउरो भाषामा अनुरोध पनि उनले गरेका छन्। हामी २ बर्ष बाहिर बसेका नेपालीहरुलाई सरकारले एनआरएन मान्ने गरेको छ। यहि अनुरुप हामीले एनआरएन सदस्यता कार्ड लिए पनि आगामी समयको हाम्रो लडाईं १ सय ८३ दिनको नै हुनेछु हिराचनले बताए।
अध्यक्ष हिराचनको मन्तव्यपछि शुरु भएको अन्र्तकृयामा बुद्धिजिवी तथा एनआरएन पार्षद शिखर बैद्यले दर्ता प्रकृया र एनआरएनएको मागविच विरोधाभाष रहेको तथ्य औंल्याए। राज्यले २ बर्षभन्दा बढिसमय बाहिर बसेकालाई एनआरएन मान्ने नीति बनाइसकेको अवस्थामा यदि एनआरएनए संस्था दर्ता प्रकृयामा अघि बढ्छ भने सो नीति अनुसार मात्रै चल्नुपर्ने हुँदा १ सय ८३ दिनको माग स्वतः खारेज हुने अवस्था रहेकोमा उनले ध्यानाकर्षण गराए। दर्ता गर्ने हो भने ऐनको पालना गर्नुपर् यो ऐनको पालना गर्दा त्यो १ सय ८३ दिनको समयको माग निकाल्नुको कुनै अर्थ रहँदैनु बैद्यले सोधे - दर्ता गर्छु भन्नुको अर्थ अव १ सय ८३ दिनको माग छाडेर २ बर्षको समय नै स्विकारेको भएन र बैद्यको जिज्ञासामा अध्यक्षको जवाफ चित्तबुझ्दो रहेन।
सरकारलाई हाम्रो फाइल पठाएका छौं हेरौं के रियाक्सन आउँछु अध्यक्ष हिराचनले भने। विगतमा तय गरिएका नीतिहरुमा पनि केहि त्रुटिहरु रहेकोले त्यसलाई सच्याउनुपर्ने बेला आएको बताउँदै अध्यक्ष हिराचनले १ सय ८३ दिन लगातार तेश्रो मुलूकमा बस्ने नेपालीहरुलाई सरकारले गैर आवासीय नेपाली मान्नुपर्ने र एनआरएन परिचयपत्र दिनुपर्ने भनिएता पनि पटक पटक सरकारको फेरबदलले गर्दा सरकार कहिले पनि सो मागप्रति सकारात्मक हुन नसकेको आरोप लगाए। एक हात दायाँ छ अर्को हात बायाँ छ यदि दुईवटालाई अघि ल्याएर जोड्न सक्यो भने त्यो नमस्ते हुन्छु उनले ढाडस दिए - समय लाग्न सक्छ तर हामी अन्ततः सफल हुनेछौं ।
आठ आठ बर्षसम्म एनआरएनएले केहि सिमित मुद्दाहरुमा अल्झिएर समय खर्चिएको बताउँदै सरकारको २ बर्षे नीतिलाई एनआरएनले स्वीकार गरेपनि खाडी मुलूकमा बस्ने नेपालीहरुको लागि यो अर्थहीन सावित हुने वक्ताहरुले बताएका छन्। यदि २ बर्षे नीतिलाई नै अन्त्यमा आएर स्वीकार्नु थियो भने यति लामो समय उपलब्धिविहिनरुपमा खर्चिएकोमा एनआरएनहरु प्रतिको नेपाली जनताहरुको सकारात्मक आशाप्रति अब विश्वास घट्न सक्नेमा उनीहरुले शिर्ष नेतृत्वको ध्यानाकर्षण गराए।
सो अवसरमा कार्यक्रम सभापति एनआरएनए कतारका नव निर्वाचित अध्यक्ष अमृत गुरुङ एनआरएन आईसीसी उपाध्यक्ष सागर नेपाल सल्लाहकार डा. देवकाजी डंगोल मध्यपूर्व संयोजक बद्रि पाण्डे को-अप सदस्य आषिश शेरचन लगायतले मन्तब्य राख्दै एनआरएनए अभियानका उपयोगी सुझावहरु प्रस्तुत गरेका छन्। सो अवसरमा एनआरएनए कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाटले स्वागत मन्तब्य राखेका थिए भने महासचिव क्रान्ति सिंहले कार्यक्रम प्रस्तुत गरे। सो अवसरमा एनआरएनएका पार्षाद र पदाधिकारीहरुले पनि एनआरएनए अभियानकावारेमा प्रशस्तै जिज्ञासा राखेका थिए।