दशै तिहार धेरै भयो हाँस्खेल गर्न पाको छैन

दशै खर्च पठाउनु हुन्न भनी सोध्छीन प्यारी
महिना त मरी सक्यो तर तलब आको छैन
हुने खानेहरु यहाँ रम्झममा लागि सके
हामी जस्ता गरिवको आगनीमा छाको छैन
सबै संग मिलीजुलि मनोराजन गर्ने बेला
पर्देशमै बस्नु पर्दा मन्मा शान्ति भाको छैन
सास्कृतीक सद्धभावको महान चाड हाम्रो दशै
मान्न छाडी पाश्चात्यको पछाडी म गाको छैन
**********************
राजेश्वोर ढकाल
बगुवा ६ गोरखा
हाल दोहा कतार