Responsive Ad Slot

latest

सेना समायोजन विशेष समितिद्वारा तेश्रो डिभिजनमा निरीक्षण

Thursday, November 24

/ by Admin BHOLA THAPA
चितबन,
मंसिर ८-चितवनको शक्तिखोर स्थित तेश्रो डिभिजनमा पुगेका सेना समायोजन विशेष समितिका सदस्यहरुले समायोजन रोज्ने लडाकुहरुले पार्टीको सिद्धान्त छाडेर देश निर्माण्ाँका लागि नेपाली सेनाको अनुशासित सिपाही बन्नुपर्ने वताएका छन् । विशेष समिति सदस्य रामशरण महत, मीनेन्द्र रिजाल, भीम रावल र जितेन्द्र देव यादवले चितवनको शक्तिखोर स्थित तेश्रो डिभिजनमा जारी लडाकु वर्गीकरणको अनुगमन पछि सञ्चारकर्मीहरु संग उनीहरुले यस्तो बताएका हुन् ।समिति सदस्यहरुले विश्वकै शान्ति प्रक्रियाको इतिहासमा नेपालमा सबैभन्दा उचित सम्मान दिइएको र अब विगतका सम्पूर्ण कुराहरुलाई विर्सीएर देश निर्माणका लागि नेपाली सेनाको अनुसासित सिपाही बन्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

विश्वमै यस्तो सम्मान कहि कतै दिइएको छैन । का“ग्रेसका नेता महतले भन्नुभयो ।अब विगतको सम्पूर्ण कुरा विर्सिएर हामी सबै मिलेर देश निर्माण्ँमा लाग्नुपर्छ ।का“ग्रेसका नेता महतले वर्गीकरणको क्रममा देखिएका केही प्राविधिक समस्याको विषयमा विशेष समितिको बैठकले टुंगो लगाउने जानकारी दिनुभयो । प्राविधिक समस्याको विषयमा हामी यताबाट फर्केर एउटा टुंगो लगाउ“छौं उहा“ले भन्नुभयो ।
सञ्चारकर्मीहरुको प्रतिक्रियामा समितिका सदस्य महतले सातवटै शिविरमा जारी वर्गीकरणको प्रक्रिया सन्तोष जनक रहेको वताउनुभयो ।समितिका अर्का सदस्य एवम एमाले नेता भीम रावलले व्यवस्थापकिय क्षेत्रमा देखिएका समस्या त्यति जटिल नभएको वताउनुभयो । राज्य पुर्नसंरचना आयोग गठन भइसकेको प्रश्न उठाउ“दै नेता रावलले वर्गीकरणको क्रममा देखिएका प्राविधिक समस्या छलफलवाट टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी का“ग्रेसका अर्का नेता मीनेन्द्र रिजालले वर्गीकरणमा सहभागी भएका लडाकुहरुलाई पार्टीको कार्यकत्र्ता छाडेर नेपाली सेनाको अनुसासित सिपाही वा समाजमा असल नागरिक बन्न आग्रह गर्नुभयो ।शिविर भित्र बसेका लडाकुहरुलाई राज्यले सम्मान दिएकाले हीनताबोध गर्न नहुने भन्दै रिजालले शान्ति प्रक्रियाको महत्वपूर्ण चरण प्रवेश भइरहेकोले यसलाई सकारात्म रुपमा ग्रहण गर्न समेत सम्पूर्ण लडाकुहरुलाई आग्रह गर्नुभयो
Don't Miss
© all rights reserved
made with by netKUTI