नवलपरासी,
मंसिर ८-नवलपरासीमा पहिलो पटक आयोजना गर्न लागीएको शिसबार पर्यटन महोत्सब २०६८को तयारी पुरा भएको छ ।एकिकृत पर्यटनबिकास मञ्च नवलपरासी,जि बि स नवलपरासी उधोग बााण्ज्यि संघ नवलपरासीको आयोजना तथा चितबन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र शिसवार उपभोक्ता समितीको सह आयोजनामा महोत्सब आयोजना गरीएको महोत्सब मुल आयोजक समितीका संयोजक सुर्दसन अधिकारीले बताउनु भयो ।
भोलीबाट १५ गते सम्म नवलपरासीको रजहरमा हुने महोत्सबको बिषेश सहयोगी नवलपुर उधोग बाणीज्य संघ कावासोती रहेको छ भने पर्बद्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।१ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा राखिएको महोत्सब अबधिभर महोत्सब क्षेत्रमा होमस्टेको समेत ब्यबस्था गरीने आयोजकले जानकारी दिएको छ ।