मकवानपुर, मसिर ८,

साझा प्रकाशन हेटौँडाले आजदेखि पुस्तक प्रदशर्नी गर्दैछ । हेटौँडा १० मा रहेको प्रकाशनको कार्यालयमा प्रदशर्नी गर्न लागिएको पुुस्तकमा ९ देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको कार्यालय प्रमुख कमल घिमीरेले जानकारी दिनुभयो । प्रदर्शनीमा तीन लाख मूल्य बराबरको पुस्तक विक्री गर्ने र करिब ७० हजार दर्शकले अवकलोकन गर्ने लक्ष्य राखिएको आयोजक लक्ष्य रहेको छ । प्रदर्शनी विहान १० बजे देखि साँझ ६ बजेसम्म जारी रहने छ । पठन संस्कृतिको विकास अभियान, समृद्घ समाजको निर्माण भन्ने नारासहित सुरु प्रदशर्नी यहि २३ गतेसम्म सञ्चालन हुने प्रकाशन हेटौँडाले जनाएको छ ।