पवन पौडेल
तनहुँ मंसीर ७ । नेपाल प्रेस युनियन तनहुँ शाखाको बार्षिक साधारणसभा आज दमौलीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपालको विभिन्न समयमा भएको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको महत्वपुर्ण भुमिका रहेको भन्दै प्रेस जगतको विकासमा राज्यपक्षको महत्वपुर्ण सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले ठुलो भुमिका भएको क्षेत्र भएपनि यसको विकासमा पर्याप्त चासो नहुनु दुखद भएको समेत टिप्पणी गर्नुभयो । त्यसक्रममा केन्द्रिय सदस्य भण्डारीले नेपाल पत्रकार महासंघ तनहुँको भवन निर्माणका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सचिव बालकृष्ण घिमिरे,नेकपा एमालेका जिल्ला सचिव विद्यानाथ ढकाल लगायतले तनहुँमा सन्चारमाध्यमले जनआन्दोलनदेखि विभिन्न समयमा खेलेका सकारात्मक भुमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल,फोटो पत्रकार महासंघका अध्यक्ष गोरा मिया लगायतले न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिकबाट पत्रकार नै बन्चित भएको अवस्था मोफसलमा अझ दर्दनाक भएको भन्दै यसको अन्त्यका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेम प्रसाद पौडेलले तनहुँमा नेपाल पत्रकार महासंघले भवन निर्माण अभियान थालेको भन्दै यसका लागि आवश्यक सहयोग पुर्याउन सबैमा अपिल गर्नुभयो ।
नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष डम्बर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल महिला संघ तनहुँकी सभापति शशि आचार्य,नेपाली कांग्रेस व्यास नगर समिति सभापति रामचन्द्र बस्नेत,पत्रकार विश्बन्धु भण्डारी,नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खले,प्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम पोख्रेल,प्रेस चौतारी तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई,नेपाली कांग्रेस त नहुँका सल्लाहकार सदस्य माधव बहादुर पन्त,प्रेस युनियन तनहुँका उपाध्यक्ष ओमकार आचार्य,सचिव पवन पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच, साधारणसभाले दमौली घोषणपत्र जारी गरेको छ । जारी घोषणापत्रमा पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुतिसहित लोकतान्त्रिक संविधान निर्माणको ग्यारेन्टी हुनुपर्ने,राज्यद्धारा घोषित न्युनतम पारिश्रमिक निर्धारण समितिद्धारा घोषित पारिश्रमिक सम्पुर्ण श्रमजीवि सन्चारकर्मिले पाउनुपर्ने,सन्चारकर्मि र सन्चारमाध्यमको व्यवसायिक र भौतिक शुरक्षाको ग्यारेन्टी राज्य र सरोकारवालाले गर्नुपर्ने उल्लेख छ ।
यस्तै,व्यवसायिक पत्रकारिताको वातावरण श्रृजना गनै दिगो शान्ति कायम हुनुपर्ने,लोककल्याणकारी विज्ञापन र राज्यद्धारा उपलब्ध अन्य विज्ञापन समानुपातिक ढंगले वितरण प्रणालीलाई कार्यान्वयन गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
फोटो समावेश छ ।