Responsive Ad Slot

latest

भू-उपयोग नीति आवश्यक : मन्त्री गौतम

Wednesday, November 23

/ by Admin BHOLA THAPA
कृष्ण न्यौपाने
डुम्रे, मंसिर ७
भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमले भूमि सम्बन्धी समस्या समाधान गर्न भू-उपयोग नीति आवश्यक रहेको बताएका छन् । एकीकृत नेकपा माओवादी बन्दिपुर गाउँ कमिटी र बन्दिपुर नगर विकास समितिले बुधबार डुम्रेमा आफ्नै सम्मानमा आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले छिट्टै भू-उपयोग नीति बन्ने र त्यस विषयमा छलफल भइरहेको बताए ।

नेपालमा बढ्दै गइरहेको अव्यवस्थित शहरीकरण रोक्नका लागि भू-उपयोग नीति आवश्यक रहेको मन्त्री गौतमको भनाई थियो । भू-उपयोग नीति नहुँदा देशभरका खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदै गएको भन्दै मन्त्री गौतमले त्यस्ता खेतीयोग्य जमिनमा प्लटिङ गर्न नपाउने गरी नीति तयार पार्न लागिएको जानकारी दिए । उनले जमिन उपयोग वस्तु मात्र नभई भावनाको पनि पÔ भएकाले जग्गालाई बाँ´ाे राख्ने वा अवैज्ञानिक रुपमा वर्गीकरण गरिनु उपयुक्त नहुने समेत बताए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी तनहुँका सेक्रेटरी जगन्नाथ खनाल बन्दिपुर गाउँ कमिटी अध्यक्ष जीवन कायस्थ बन्दिपुर नगर विकास समितिका अध्यक्ष घनश्याम देवान कांग्रेसका ज्ञानेन्द्र अधिकारी भानु उच्च माविका प्राचार्य इन्द्रबहादुर कुवंर हरिहर आमा समूहका सरीता पिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमले माघ महिनामा हुने प्रथम डुम्रे महोत्सव सफल पार्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले महोत्सवले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा महोत्सव सफल पार्न सबै लाग्नुपर्ने बताए । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका माओवादी पोलिटव्युरो सदस्य समेत रहेका गौतमलाई बुधबार नै पवित्रा उच्च माविमा समेत सम्मान गरिएको छ ।
मन्त्री गौतमले बिहीबार माओवादी पार्टी कार्यालय तनहुँमा कार्यकर्ता भेटघाट जिल्ला मालपोत कार्यालय र नापी कार्यालय अनुगमन र जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI