तनहुँ खबर संवाददाता
चितवन कार्तिक २३-आगामी मङ्सिर २२ गतेदेखि चितवनको भरतपुरमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी २०६८ को तयारी तीव्र पारिएको छ । चितवन उद्योग सङघ मुख्य आयोजक रहेको औद्योगीक प्रदर्शनीका लागि स्टल दर्ता गराउनेको सङ्ख्या दिनानुदीन बढ्दै गएको सङ्घले जनाएको छ । मंसिर २२ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३ सय भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ । प्रदर्शनीलाई देशकै नमुना बनाउनका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको चितवन उद्योगसङ्घका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो ।