तनहुँ खबर संवाददाता
कार्तिक २४-चितवनमा बिगत २ बर्ष यता दुध उत्पादनमा बृद्धि भएको छ । २ बर्ष अगाडीको तुलनामा अहिले चितवनमा २० प्रतिशतले दुध उत्पादनमा बृद्धि भएको हो ।पहिले चितवनमा दैनिक १ लाख लिटर दुध उत्पादन हुने गर्दथें, अहिले बढेर दैनिक १ लाख २० हजार लिटर उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चितबनका अध्यक्ष नारायण उप्रेतिले जानकारी दिनु भयो । अहिले जिल्लामा झण्डै १८ हजार किसान प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा दुध उत्पादनमा संलग्न रहेको पनि उप्रेतीले जानकारी दिनु भयो ।उत्पादनमा बृद्धी भएपनि चितबनमा दुधको माग पुरा हुन सकेको छैन ।