काठमाडौ पुस १० गते ।
प्रमुख दलका शिर्ष नेता अनुपस्थीत भएपछि संबैधानिक समितीको आजको बैठक केहिबेर बसेर स्थगीत भएको छ । सिहदरबारस्थीत समिती सचिबालयमा बिहान केहिबेर बसेको बैठकमा माफुमातहतको उपसमिती संयोजक तथा माओबादी अध्यक्ष प्रचण्ड , एमाले अध्यक्ष झलनाथ खनाल लगाएतका शिर्ष नेताहरु उपस्थीत नभएपछि बैठक बिषयमा नै पं्रबेश नगरी स्थगीत भएको हो । आजको बैठकमा उपसमितिले सहमति जुटाएका विषय अनुमोदनका लागी छलफल हुने कार्यसूची थियो ।
उपसमितिमा सहमति जुटेका विषयमा समितिमा पुनः विवाद उत्पन्न भएपछि पछिल्ला केही बैठक अनिणीर्त हुदै आएको छ । त्यस्तै आजको बैठकमा समिती सदस्यहरुले उपसमितीमा जुटेका सहमतिलाई समितीमा पुन बिबादमा तानिएको भन्दै बैठक बस्नुको कुनै औचित्य नरहने धारणा राखेका थिए ।
उपसमितीमा सहमति जुटेका भावी संबिधानको प्रस्तावना , अनिबार्य सैन्य तालीम , लगाएतका बिषयमा माओबादीका बैद्य पक्षले समितीमा पुन छलफल हुनपर्ने अडान राख्दै आएको छ । उपसमिती सदस्य तथा बैद्य पक्षिय नेता देब गुरुङले उपसमितीले गरेको सबै निर्णयलाई मान्नै पर्ने बाध्यता नरहेको बताएपपछि उपसमिती संयोजक प्रचण्ड अप्ट्यारोमा पर्दे आउनुभएको छ ।
माओबादीको आन्तरिक बिबादका कारण संबिधानसभाबाट पछिल्लो पटक अनुमोदित कार्यतालीका अनुसार पुस १५ गतेसम्म सबै बिवाद समाधान गर्ने समयसिमा पाएको उपसमितीमा सहमति भएका विषय पुनः उल्टिएपछि कार्यतालिका अनुसार काम नहुने देखिएको छ । उपसमितिले अझै राज्यपुनर्संरचनाबाहेक ११ वटा विषयमा सहमति जुटाउन बाँकी छ । राज्यपुनर्संरचनाका बिषयमा भने सरकारद्धारा गठित राज्यपुनर्संरचना आयोगले आफ्नो काम गरिरहेको छ ।