Responsive Ad Slot

latest

कर्मचारीको अभावले न्याय प्रणाली चुस्त हुन नसकेको प्रधानन्यायधीश रेग्मीको भनाइ I

Sunday, December 25

/ by Admin BHOLA THAPA
पाल्पा
पुस १० गते ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीले कर्मचारीको अभावका कारण न्याय प्रणाली चुस्त नरहेको बताउनुभएको छ । उहाँले कमचारीको अभावले गर्दा व्यवस्थापनमा समस्या आएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार सम्मेलनमा रेग्मीले न्याय प्रणालीमा माग अनुसारको बजेटको अभाव, प्रहरी अनुसन्धानमा ढिलाई र साक्षी प्रक्रियाले गर्दा न्यायपालिकाले जनताका काम छिटो छरितो गर्न नसकेको स्पष्ट पार्नुभयो । गृह जिल्ला पाल्पामा आउनुभएका रेग्मीले अदालतले देश र जनताको पक्षमा जवाफदेही बन्ने सकेमा न्यायप्रणालीप्रति जनताकोे विश्वास बढ्ने दावी गर्नुभयो । न्यायपालिकालाई निष्पक्ष बनाउन सकेको अवस्थामा जनताका न्यायिक कामहरु छिटो र छरितो रुपमा सम्पादन गर्न सकिनेछ । रेग्मीले त्यसको थालनी भइसेकेको पनि बताउनुभयो । जनताको न्यायमा पहुँच वृद्धि गर्नका लागि कानुनी प्रक्रियामा नै सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI