Responsive Ad Slot

latest

आपसी सहमतिमा विवाद टुङ्गाऊ : नेम्वाङ I

Sunday, December 25

/ by Admin BHOLA THAPA
काठमान्डौ, पुस १० गते ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केही दिनयता संवैधानिक समिति र विवाद समाधान उपसमितिमा दलहरुबीच विवाद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । दलहरुलाई आन्तरिक र आपसी छलफल गरेर विबाद टुङ्गाउन उहाँले सुझाव दिनुभयो । गोर्खा सञ्चार सहकारीद्वारा प्रकाशित ‘द गोर्खाज’ साप्ताहिकको आज राजनधानीमा विमोचन गर्दै नेम्वाङले सात बुँदे सहमति अनुसार शान्ति र संविधानको काम निर्वाध रुपमा अगाडि बढ्नुपर्नेमा उपसमितिको बैठकमा देखिएको मतभेदको जानकारीले जनतामा चिन्ता ल्याएको बताउनुभएको हो ।

दलहरुकै सहमतिमा संविधान लेखनको नयाँ कार्यतालिका बनेको स्मरण गर्दै उहाँले शान्ति र संविधान निर्माणको कामलाई कार्यतालिकाभित्रै सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । संविधानका अन्तरवस्तुमा व्यापक छलफल भएको र भटाभट निर्णय गर्ने समय आएको भन्दै नेम्वाङले राजधानी र देश नछाड्न प्रमुख दलका नेताहरुलाई आग्रह गर्नुभयो । जनआन्दोलनवाट स्थापित उपलव्धीको रक्षाका लागि संविधानसभावाटै संविधान बन्नुपर्ने भन्दै उहाँले दलहरुलाई एकजुट बनाउन जनदवाव जरुरी रहेको बताउनुभयो । पूर्ब ब्रिटिस गोर्खा समूदायको पहलमा द गोर्खाज साप्ताहिक प्रकाशन सुरु भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI