काठमाडौँ, पुस ११ गते ।
जापान सरकारले आम्दा नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको मातृशिशु स्वास्थ्य कार्यक्रम विस्तार गर्नका लागि ४ करोड ३ लाख ८१ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । नेपालस्थित जापान राजदुतावासले पत्रकार सम्मेलन गरि जापानको परराष्ट्र मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग मार्फत् जापान सरकारले सहयोग गरेको जानकारी
गराईएको छ ।
जापानी राजदूत कुनियो ताकाहासीले रूपन्देही जिल्लाका चार गाउँ विकास समितिका ३६ समुदायका महिलाको प्रजनन स्वास्थ्य र त्यससँग सम्बन्धित प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनका लागि सो रकम खर्च गरिने बताउनुभयो । गत वर्ष आम्दा नेपाल मार्फत सञ्चालन गरिएको कार्यक्रमबाट ६०० ग्रामीण महिलाको स्वास्थ्य सुधार गर्न सहयोग पुगेको जानकारी दिँदै उहाँले उपस्वास्थ्य चौकीबाट दिइने सेवालाई १६ समुदायबाट ३६ मा पु¥याइएको स्पष्ट पार्नुभयो । आम्दा नेपालकी राष्ट्रिय निर्देशक माइको कोबायासीले स्वास्थ्य क्षेत्रका समस्यामध्ये मातृशिशु महत्वपूर्ण भएको बताउँदै जापानको गैर सरकारी संस्थाले नेपाल सरकारसँग मिलेर काम गरिरहेको स्पष्ट गर्नुभयो । आम्दाले रूपन्देही जिल्लाका हाटिबनगाई, मैनहीया, कम्हरिया र धमौली तथा नवलपरासी जिल्लाका हकुई, अमरौट, कुडिया र मैनाघाट गाविसमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।