Responsive Ad Slot

latest

आदिकविको गाउँमा मन्त्रीले भने 'यस ठाउँमा आउँदा गर्व लागेको छ' I

Wednesday, December 28

/ by Admin BHOLA THAPA
कृष्ण न्याउपाने
भानु पौष १३-स्थानीय विकास मन्त्री टोपबहादुर रायमा´ीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो आउन पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । 'आदिकविको गाउँमा राष्ट्रपतिदेखि उच्च तहका नेताहरु आउनुभएको छ' तनहुँको भानु गाउँ विकास समितिको नवनिर्मित भवनको बुधबार भानुमा उद्घाटन गर्दै उनले भने 'आज मलाई पनि यो ठाउँमा आउने अवसर मिल्यो खुशी लागेको छ ।'
मन्त्री रायमाझीले डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले नै शान्ति र संविधान निष्कर्षमा पुर् याउने बताए । 'शान्ति र संविधान निर्माणमा कुनै दल प्रतिपÔ र कुनै दल सरकार पÔ नभएकाले शान्ति र संविधानको कार्यभार भट्टराई नेतृत्वको सरकारले नै पूरा गर्छ ।'
माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमा´ीले शान्ति र संविधान निष्कÈ्रमा नपुगुन्जेल वर्तमान सरकार नै रहिरहने दावी गरे । राष्ट्रिय निकासका लागि सबै पार्टीहरु एउटै ठाउँमा उभिएकाले शान्ति र संविधान छिट्टै निष्कÈ्रमा पुग्ने मन्त्री रायमा´ीको भनाई थियो ।
पुर्ननिर्माण तथा पुनस्र्थापन कार्यक्रम अन्तर्गत शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको २० लाख ९९ हजार २ सय ९७ को लागतमा गाविसको नयाँ भवन निर्माण सम्पन्न भएको गाविस सचिव एवं अध्यक्ष अर्जुनबहादुर बोहोराले बताए । २०६६ साल वैशाखबाट निर्माण सुरु गरिएको भवन मंसिर महिनामा निर्माण सम्पन्न भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI