Responsive Ad Slot

latest

पूर्वराजा शाह चितवनमा I

Wednesday, December 28

/ by Admin BHOLA THAPA
चितवन, पुस १३ - पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार अपराह्न ४ बजे चितवन आइपुगेका छन् । शाहलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्याएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र नाती हृदयन्द्रसहित सात जना आफन्तसँग चितवन आइपुगेका हुन् । उनीहरु चितवनको सौराहामा रहेको चितवन प्याराडाइज होटलमा बसेका छन् । उहाँ चितवनमा आगामी पुस २० गतेसम्म त्यही रहने स्रोतले जनाएको छ ।

केही दिन आराम गर्न र व्यक्तिगत कामको सिलसिलामा शाह चितवन आएको उनी निकट सहयोगीले बताएका छन् । चितवन बसाइका क्रममा ज्ञानेन्द्र शाहले आफू निकटका व्यक्तिहरुसँग भेटघाट गर्ने बताइएको छ । रासस (ekantipur)
Don't Miss
© all rights reserved
made with by netKUTI