Responsive Ad Slot

latest

गुल्मी बन्द खुल्यो, जनजीवन सामान्य बन्दै I

Wednesday, December 28

/ by Admin BHOLA THAPA

गुल्मी पुस ११ गते ।
दलितसँग सम्बन्धित विभिन्न संघसस्थाले गरेको गुल्मी बन्द सकिएको छ । दिउँसो ४ बजेदेखि बन्द सकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । बन्दका कारण बाटोमा अलपत्र यात्रु पनि गन्तव्यतर्फ लाग्न थालेका छन् । बन्दका कारण जिल्लावाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचल्दा सयाँै यात्रुहरु अलपत्र परेका थिए । बन्दका कारण गुल्मीको सदरमुकाम तम्घाससहित ग्रामिण बजार सिमलटारी, बलेटक्सार, बामीटक्सार, रिडी, रुद्रवेणी, पुर्तिघाट लगायतका बजारहरु ठप्प भएका थिए । कथित उपल्लो जातको चुल्हो छोएको निहुँमा कालिकोटका मनवीर सुनारको हत्या भएको विरोधमा दलित सघंर्ष समिति गुल्मीले बन्द आह्वान गरेको थियो ।

सरकारले मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिने निर्णय गरे पनि आफ्ना अन्य मागमा सरकार मौन भएकाले आन्दोलनमा उत्रिएको दलित साझा मञ्च गुल्मीले जनाएको छ ।

यसै गरि सर्लाहीको बरहथवामा व्यवसायी अन्तोष दासमाथि अज्ञात समूहले गोली हानी घाईते बनाएको घटनाको विरोधमा हिजोदेखि बन्द बरहथवा बजार आज दिउँसोदेखि खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण प्रसाईंको उपस्थितिमा आज भएको स्थानीय व्यवसायी, राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, वुद्धिजीविहरु बीचको बैठकले बन्द खुलाउने सहमती गरेको बरहथवास्थित उद्योग वाणिज्य संघका अध्यक्ष निरञ्जन प्रसाद दासले जानकारी दिनु भयो । व्यवसायीको मागका विषयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा आईतवार छलफल गर्ने सहमती भएको छ ।

दोषी पहिचान गरी कार्वाही गर्न तथा शान्ति सुरक्षाको ग्यारेन्टि गर्न माग गर्दै बरहथवास्थित उद्योग वाणिज्य संघको आवहनमा हिजोदेखि बरहथवा बजार बन्द गरिएको थियो । हजरिया गाविस वडा नं. १ घर भई बरहथवामा खाद्यान्नको व्यवसाय गर्दै आउनु भएका दासलाई अज्ञात समुहले सोमबार राती गोली हानी घाईते बनाएको थियो । ३० वर्षिय घाईते दासको काठमाण्डुको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI