Responsive Ad Slot

latest

दुतावासको सेल्टर आईपुगेका नवलपरासीका सुकै लोनिया र धादिङ बैरेनीका अर्जुन भेटवाल I

Wednesday, December 28

/ by Admin BHOLA THAPA

दिल्लीमार्ग भएर कतार आएका नवलपरासीका सुकै लोनिया दुतावासको सेल्टरमा चिन्तीत मुद्रामा ।
रवि रोषी
तु शेर है तो मैँ भी सवा शेर हुँ , पुराना हिन्दी फिल्ममा धेरै नै प्रयोग गरिने यो आहानलाई नवलपरासीका सुकै लोनिया र धादिङका अर्जुन भेटवाललाई कतार ल्याई परराष्ट्रको गर्धनमा शौच गर्न सफल भएका गलत मार्गबाट बिदेश पठाउने एजेन्टहरुको प्रसंगमा ल्याएर मिसाउन चाहेँ । सरकारले नेपाली कामदारहरु एजेन्ट मार्फत बाट नठगिउन् भनी जे जस्ता सख्त नीति ल्याएपनि अबैध तरिकाबाट मान्छे ओसारपसार गर्न पल्किएका नेपालका एजेन्टहरुले विभिन्न कायदा बाटोहरु प्रयोग गरी सरकारको आँखामा धुलो छेप्न सफल भएको अर्को उदाहरण हो यो ।
नवलपरासी नर्सहीं बिर्ता गाविस वडा नं. १ बस्ने सुकै लोनिया ५ सन्तानका पिता र १ श्रीमतिका पति हुन् । घरमा बसेर पारिवारिक आर्थिक गर्जो टार्न असम्भव प्राय देखेपछि उनी पनि बिदेश जाने चक्करमा गाउँकै धुपही कोइरी नाम गरेका जिम्मावाल बाट सयकडा ५ को दररेट बुझाउने सर्तमा कुर्मी सहीछाप गरेर ९० हजार बुझिलिए । ८ महिना सम्म पनि व्याज बुझाउन नसके व्याजको स्याज तिर्न आफु तयार रहेको कागजमा कुर्मी कालो दलेर अनिलजंग राणा भन्ने गाउँकै एजेन्टलाई पैसा बुझाएर विदेश जाने मिठो सपना देख्न थाले ।  कतारको एयरपोर्टमा राम्रो काम र तलबको प्रलोभनमा फसाई अनिलजंग राणा भन्ने एजेन्टले नवलपरासी त्रिवेणी बस्ने थर समेत थाहा नपाएका नारायण मात्र नाम भएको अर्को एजेन्टको पोल्टामा सुकै लोनियालाई सुपुर्दगी गरिदिए । मासिक १००० कतारी रियाल भनेर काठमाण्डौँ अड्डासार गर्दै ल्याईयो र उनलाई डेढ महिना सम्म काठमाण्डौँमा राखियो । परराष्ट्रले खाडी मुलुकमा काम गर्न जाने कामदारहरुलाई त्रिभुवन विमानस्थल भएर उडाउनु पर्ने अनिवार्य नियम तर्जुमा गरेपनि डेढ महिना पछि उनलाई फेरि काठमाण्डाँै बाट आफ्नै घरको बाटो सुनौली नाका हुँदै दिल्ली पुर्याए नारायणले । दिल्लीको अँध्यारो कोठामा १८ दिन राखेपछि उनीलाई दिल्लीबाट नै कतार जाने जहाजमा चढाएर पठाईयो ।
सुकै लोनिया नाम दर्ज भएको ०५४९३६७५ नम्बरको राहदानी र ०३२०१११२०२७० उल्लेख गरिएको भिसा देखाएर उनी कतारको इमिग्रेसनबाट बाहिर निस्किए । आउटलुक कन्ट्रयाक्टीङमा काम गर्न भनी आएका सुकैलाई पठाउने एजेन्टले कतारमा अर्कै कम्पनीमा काम गर्ने एक जना नेत्र सुवेदी नाम गरेका इन्जिनीयरलाई उनको कम्पनीको मान्छे आएको छ भनी एयरपोर्टमा लिन पठाएछन् । ५ दिन सम्म सुवेदीले आफु कार्यरत कम्पनीमा राखेपछि आफ्नो कम्पनीमा आएको मान्छे होइन भन्ने बुझेछन् र उनीसंग एजेन्टले मलाई तँ मार्फत् बाट १०० रियाल लिनु भनेको छ भनी सुकै संग भएको जम्मा सय रियाल मध्येबाट ८० रियाल असुलेर निज इन्जिीनियरले दुतावासमा लगेर छोडिदिएछन् । जहाँ गहिरो त्यहिँ ताल भनेजस्तै नेपालबाट  एजेन्टद्धारा नै ठगिएर आएका सुकैसंग ८० रियाल पैसा असुल्ने निज इन्जिीनीयर नेत्र सुवेदीको ५५५९६०१० मा फोन गरी तपाईंको कम्पनीको मान्छे होइन भन्ने थाहा पाईसकेपछि तपाईंले सुकै लोनिया संग ८० रियाल किन लिनु भयो त भनी कारण सोध्दा आफुले सुकैसंग लिएको पैसा यथाशक्य दुतावासमा गएर फिर्ता गरिदिने बचन दिएका छन् ।
आफ्नो कम्पनीमा काम गर्ने कामदार नहुँदा नहुँदै पनि पिडित सुकै लोनियासंग ८० रियाल असुल्ने कतारमा रहने इन्जिीनीयर नेत्र सुवेदीसंग उनको कुनै गुनासो छैन । उनलाई अहिले चिन्ता छ त गाउँमा भएको जम्मा ५ कट्ठा जमीन र  नवलपरासीकै व्याज व्यापारी धुपही कोइरी संग सयकडा ५ को दरमा ५ महिना अघि लिएको ऋणको । गाउँकै धुपही कोइरी संग लिएको ऋण र व्याज कसरी तिर्ने हो र आफ्नो भागमा परेका ५ छोराछोरी र एक श्रीमतिलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सुकै लोनिया इन्तु न चिन्तु हुँदै दुतावासको सेल्टरमा झोक्रिएर बसिरहेका छन् ।
नेपालमा बैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुलाई सरकारले सचेतनाको लागि जति पहल गरेपनि शिक्षाको अभाव र अज्ञानताको प्रभावले गर्दा यस्ता ठगी कार्यबाट ग्रस्त भएको नेपालीको पिडा ज्यँ का त्युँ छ भने नेपालका कर्मचारीहरुलाई घुस ख्वाएर प्रकृया नपुर्याई दिल्लीमार्ग भएर ल्याउने एजेन्टहरुलाई दुतावासले नाम किटेर कारवाहिको लागि पठाउँदा पनि नेपालका सम्बन्धित निकायहरु मौन बस्नु साह्रै दुखलाग्दो कुरा हो ।
अफगानिस्तान हिँडेका भेटवाल पासपोर्ट बिहिन भएर दुतावासको सेल्टरमा नेपाल जाने प्रतिक्षामा 
यता धादिङ बैरेनी वडा नं. ७ का ३४ बर्षे अर्जुन भेटवाल नेपालबाट कतार र कतारबाट दुवई हुँदै अफगानिस्तान हिँडेका उनको आत्मबृतान्त भने अलि फरक खालको छ । अफगानिस्तानमा कार्यरत आफ्नै सालोको सिफारिशमा काठमाण्डौँ स्वयम्भु बस्ने केशब कार्की नाम गरेका एजेन्ट मार्फत अबैध तरिकाबाट अफगानिस्तान छिर्न खोज्दा भेटवाल असफल भए । दुबईबाट अफगानिस्तान जाने कागजी डकुमेन्टको अभावमा शंका लागेर कतार एयरवेजको सेवा लिएर आएका उनलाई दुवईबाट अफगानिस्तान नपठाई सिधै कतार पठाईदियो । उनी काम गर्न जान लागेको अफगानिस्तानको एलओए भन्ने कम्पनीको डकुमेन्ट हुबहु नभएपछि निज भेटवालले कतार आएर थप अर्को नाटक रचे । म संग पासपोर्ट भिसा भएको व्याग नै हरायो । त्यो भएर म दुवईबाट कतार फर्काइएँ । बिना पासपोर्ट र बिना भिसा  कतारको इमिग्रेशनले कसरी बाहिरीन दियो त भन्दा त्यसको उत्तर अहिले उनी संग छैन । कतारको एयरपोर्ट छेउमा सडक निर्माण कार्यमा रहेका नेपालीहरुले दया लागेर मलाई खानेकुरा खान दिएको र १ दिन उनीहरुले क्याम्पमा लगेर राखेपछि कतारमा रहने आफ्नै गाउँको दाईसंग फोन सम्पर्क गरी उनी दुतावास आइपुगेको बताए । यसकारणले पनि उनले सिधा झुटा बोलेको प्रमाणित हुन्छ कि आफुले नेपालबाट आउँदा ५०० डलर ल्याएको र २ दिन दुबई बस्दा ५० डलर खर्च गरेको बाँकी ४५० डलर र पासपोर्ट व्याग संगै हराएको बताए । कहिले जहाजबाट निकाल्न छुटेको जस्तो लागेको बताउने र कहिले बाहिर सम्म त ल्याएको थिएँ भनी झुटो बोल्ने उनको व्यबहार देखेपछि नेपालमा रहँदा मानसिक अवस्था र शारिरिक स्वस्थताको बारेमा सोध्दा म ठिक नै छु भनी बताए । मानसिक अवस्था ठिक देखिएका उनले किन पासपोर्ट र पैसा हरायो भनी फरक फरक कारण दिएर ढाँटीरहेका छन् , यो बारेमा दुतावासले अनुसन्धान गर्दै छ । निज भेटवाललाई नेपालबाट पठाउने केशव कार्कीसंग उनलाई विदेश पठाउने कागजातहरु फ्याक्स पठाउन नेपाल अनुरोध गर्दा उनलाई उडाउन काटिएको टिकटमात्र दुतावासलाई पठाएको र भिसा भने नपठाएको कारणले गर्दा यो कुरा अझ रहस्यमय बनेको छ । उनलाई दुतावास सम्म ल्याएर छोडेका उनका गाउँले दाई गोपाल थापासंग सम्पर्क गर्न खोज्दा उनी संग भने सम्पर्क हुन सकेन । अन्त्यमा उनले अमिलो हाँसो हाँस्दै भने, “सालोले अफगानिस्तानमा काम लाईदिन्छु भनेर स्वयम्भूको केशवलाई एक लाख साठी हजार दिएँ स्वयम्भूको सालेले सबै पैसा भान्सा गरिदियो । पैसा पनि गयो दुख पनि पाईयो ।” पासपोर्ट हरायो भनी दावा गर्दै आएका भेटवाल अब पासपोर्ट प्राप्त गरेर अथवा ट्राभल डकुमेन्टको सहयतामा नेपाल कहिले फिर्नेहुन् , त्यो कुरा दुतावासले पनि निक्र्यौल गर्न सकेको छैन । 
Don't Miss
© all rights reserved
made with by netKUTI