Responsive Ad Slot

latest

तेस्रो दिनपनि अरनिको बस बन्द I

Sunday, December 25

/ by Admin BHOLA THAPA
काठमान्डौ
पुस १० गते ।

सहकर्मी कुटपिटको विषयलाई लिएर मजदुरहरुले आज तेस्रो दिन पनि अरनिको राजमार्गमा अरनिको यातायात सेवा समितिको बसहरु चलाएका छैनन् । बिहानैदेखि अरनिको राजमार्ग भएर काभ्रेपलाञ्चोक जिल्लाका ग्रामीण भेग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तर्फ जाने कुनै पनि अरनिको सेवा समितिका बसहरु नचल्दा यात्रुहरु मर्कामा परेका छन् । गत बिहीबार पुष्पलाल लोकमार्ग अन्र्तगत रामेछाप जिल्लाको कालीदह भन्ने स्थानमा अरनिको बा २ ख १२८७ नम्बरको यात्रु बाहक बसलाई बा २ ख ८८९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि क्षति हुन पुगेको बस मर्मतको विषयलाई लिएर बस चालक रामजी दाहाललाई ट्रक पक्षले मरनसन्न हुने गरी पिटेको भन्दै मजदुरहरुले यातायात ठप्प पारेका हुन् । यसैबीच आफुहरुको माग सुनुवाई प्रति स्थानीय प्रशासनले उदासिन्ता देखाएको मजदुरहरुले आरोप लगाएका छन् । कुटपिटमा संलग्नलाई प्रशासनले कारबाही गर्नु पर्ने, घाइते चालकको निःशुल्क उपचार गरिनुपर्ने, क्षति भएको बसको मर्मत नभएसम्म मजदुरहरुले यातायात नचालउने निर्णय गरेको अरनिको यातायात सेवा समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI