गुल्मी पुस १३ गते ।
कालिकोटमा भएको दलित हत्याको बिरोधमा दलित साझा मञ्च गुल्मीले गरेको जिल्ला बन्दका कारण आज गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण यातायात, शैक्षिक सस्था, पसल र उद्योग कलकारखाना ठप्प रहेको छ । अपराधीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने, मृतकलाई स–सम्मान सहिद घोषणा गर्नुपर्ने, सुनारका परिवारलाई उचित क्षतीपुर्ती, शिक्षा र रोजगारीको ग्यारन्टी गरिनुपर्ने लगाएतका माग गर्दै बन्दको आवहन गरिएको मञ्चका सह–सयोजक रोम बिश्वकर्माद्धारा हस्ताक्षीरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । घट्नाको बिषयमा ४ सुक्रिय माग गर्दै साझा मञ्चले यस अघि नै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईसकेको छ ।