Responsive Ad Slot

latest

पूर्व सांसद दामोदर वस्ताकोटीको दाहसंस्कार गरिदै I

Wednesday, December 28

/ by Admin BHOLA THAPA

नारयाण सापकोटा,
चितबन पुस १३ गते ।
हिजो निधन हुनुभएका नवलपरासीका पूर्व सांसद एव प्रजातन्त्रका सेनानी दामोदर वस्ताकोटीको आज देवघाटमा दाहसंस्कार गरिने भएको छ । विगत लामो समय देखी नसा रोग वाट पिडित वस्ताकोटीको भरतपुर १० स्थित आफ्नै निवासमा ८६ बर्षको उमेरमा हिजो साँझ मृत्यू भएको हो । नवलपरासीको दुर्गम पहाडी गाउ बुलिटारमा जन्मेर नेपाली काग्रेसबाट राजनिती शुरु गर्नुभएका वस्ताकोटीलाई काग्रेसले प्रजातन्त्रको सेनानीको संज्ञा दिएको थियो ।

जिल्लाको राजनिती र सामाजिक क्षेत्रमा निरन्तर लागि पर्नुभएका वस्ताकोटी २०५६ सालको निर्वाचनमा नवलपरासी क्षेत्र नं. १ वाट तत्कालिन प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएको थियो भने दोस्रो जनआन्दोलन पछिको अन्तरीम संसदमा पनि सदस्य रहनु भएको थियो । पछिल्लो समयमा रोगवाट ग्रसित वनेका नेता वस्ताकोटीलाई पार्टीले पनि वेवास्ता गरेको पारिवारजनले बताएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI