लमही पुस २४ गते ।
दाङको देउखुरीमा हिजोभएको सडकर्दुघटनामा परि मर्नेको सख्या ११पुगेको छ । एकैपटक ११ जनाको ज्यान जानेगरी दाङको देउखुरी गोवरडिहा १ कालाकाटे नजिक तडामा हिजोभएको सडक दुर्घटनामा परि मृत्युभएकाहरुको शोकमा देउखुरी उधोगबाणिज्यसघले आज देउखुरीको बजार शिक्षण सस्था, उधोगकलकारखाना ब्यापार ब्याबसाय बन्द गरिएको छ ।
देउखुरी उद्योगबाणिज्यसंघले आज एकदिन दुर्घटनको शोकमा बजार तथा शिक्षणसस्था बन्दको आब्हान गरेको हो ।
यसैबिच राप्ति ट्याक्सी टेम्पोतथा मिनिबस ब्याबसायिसमिति लमहीले पनि घटनाको शोकमा आज दिउसो १२ बजेदेखि २बजेसम्म दुईघन्टा यातायात बन्दगर्नेभएको छ ।
बन्दका कारण आज देउखुरी लमही क्षेत्रको बजार कलकारखाना शिक्षण सस्थापुर्णरुपमा ठप्पभएका छन् । हिजो विहान जीप र ट्रक एकाआपसमा ठोक्कीदा भएको दुर्घटनामा मर्नेको संख्याचालक सहित ११ पुगेको छ । मर्नेमध्य सातजना चैलाहीगाबिस का रहेका छन् विरगञ्जबाट वर्दीया तर्फ जाँदै गरेको ट्रक र लमहीबाट कृष्णनगरतर्फ जाँदै गरेको यात्रुवाहक जीप कालाकाटे ताडा भन्ने स्थानमा ठोक्कीदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
बाक्लो हुस्सु लागेका कारण ट्रक र जिप ठोकीएको प्रहरीले बताएको छ ।