तिलविक्रम थेवे - प्रवासी नेपाली सांगीतिक परिवार कतारले कलाकारहरुका लागि आधुनिक संगीतका सामाग्रीहरु किनेर गीत संगितको दुनियाँमा उदाहरणीय प्रगति गरेको छ ।
गत शुक्रबार सांगीतिक परिवारले ड्रमसेट, साधारण र विद्युतिय गितार मादल लगायतका आधुनिक संगीत सामाग्रीको उद्घाटन कार्यक्रमको आयोजना गरेको थियो ।
सांगितीक परिवारका अध्यक्ष शक्ति बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी क्षेत्री समाजका अध्यक्ष हंसराज ढकाल, विशेष अतिथी तमुबौद्ध सेवा समाजका विमल गुरुङ रहेका थिए भने अन्य अतिथीहरु फेवा सांस्कृतिक समाजका आशबहादुर गुरुङ्ग, कास्कीकोट सेवा समाजका खेम कार्की लगायत अन्य थुप्रै आगन्तुक तथा गीत संगित प्रेमीहरुको बाक्लो जमघट रहेको थियो ।
गुन्जन लिम्बुको सञ्चालन प्रमुख अतिथी, विशेष अतिथीबाट उदघाटन गरिएको सो कार्यक्रममा सांगीतिक परिवारका जानुका पौडेलले अतिथी कलाकार लगायत हलमा उपस्थित सबैलाई रातो टीका लगाई कार्यक्रमलाई थप शोभामय बनाएकी थिइन् ।
नयाँ बाजागाजाको धुनसंगै सांगीतिक परिवारका कलाकार दिपक परियार, पुर्णिमा विक, रामु विक, जानुका पौडेल, खेम चा मगर, पुनम लामा, राजकुमार गुरुङ्ग, रुपा गुरुङ्ग, भगीरथ बस्नेत, तीर्थ सेङ्गदेन, शुनिल लामा लगायतले तामझामका साथ जोशपुर्ण गितहरु पस्केका थिए ।
आगामी भविष्यमा नृत्य, भोकल, गीत संगीतको प्रशिक्षण दिने कार्यक्रम सांगीतिक परिवारको रहेको अध्यक्ष शक्ति क्षेत्रीले बताए ।