दमौली, माघ ३ गते।
गाउँ सेवा कोष तनहुँले वेदव्यास प्राथमिक विद्यालय व्यास– ११ बाघभञ्ज्याङमा अध्यायनरत दृष्टिबिहीन छात्रछात्राहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषका संस्थापक भिमबहादुर अधिकारीले सोमबार उक्त विद्यालयका छात्रछात्राहरुलाई आर्थिक सहयोग प्रदान गर्नु भएको हो । उक्त विद्यालयमा अध्यायनरत छात्रछात्राहरुलाई (जसमा १ देखी ३ कक्षा सम्माका लाई) आर्थिक सहयोग गरेक थिए भने कोषका संथापक अधिकारीले संस्थाले प्रोत्साहनस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको बताएका थिए ।
उक्त कार्यक्रमा मा सहयोग हस्तान्तरण कार्यक्रमम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर दरैको सभापतित्वमा आयोजना गरिएको थियो भने कार्यक्रममा कोषका उपाध्यक्ष ताराप्रसाद श्रेष्ठ, सदस्य सचिव रामजी थापा, सदस्यहरु लक्ष्मण थापा, चक्रबहादुर अधिकारी, विद्यालयका प्रधानाध्यापक लगायतले दृष्टिबिहीनहरुको अध्यापन कार्यमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।