कपिलवस्तु पुस २६ गते ।
तरकारी बालीका लागि जैविक मल अति उपयोगी सावित भएपछि अहिले किसानहरु जैविक मलतिर आकर्षित हुन थालेका छन् । भिन्जायम एल र जेम्स बोन्ड नामक जैविक मलको प्रयोगले माटोको गुणस्तर सुधार, उत्पादनमा वृद्धि र स्वास्थ्यका लागि समेत लाभदायक सावित भएपछि किसानहरू जैविक मलतर्फ आकर्षित भएका हुन् । केही समयअघि नवभारत फर्टिलाइजर नेपाल प्रालिले कपिलवस्तुका विभिन्न स्थानका किसानहरूका बालीनालीमा आफ्नो उत्पादन जैविक मलको नमूना परीक्षण गरेपछि उत्पादन क्षमतामा आएको वृद्धिका कारण पनि यसको माग बढ्दै गएको शिवपुर ५ बालापुरका कप्तान थारुको भनाइ छ ।
लगातार रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वराशक्ति एवं जलधारण क्षमतामा ह्रास आउने, उत्पादनमा कमी, लगानीमा बढी र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याउने कृषि विज्ञहरु बताउंछन् । नवभारत फर्टिलाइजर
नेपाल प्रालिको उत्पादन भिन्जायम एल र जेम्स बोन्ड नामक जैविक मलको प्रयोगले तरकारी बालीमा ५० प्रतिशत बढी उत्पादनमा वृद्धि भएको कपिलवस्तुका किसानहरू बताउँछन् । त्यसैले पनि जैविक मलको उपयोग तथा माग दिनानु दिन बढ्दै गएको छ ।
यसैबीच नवभारत फर्टिलाइजर नेपाल प्रा.लि.को आयोजनामा कपिलवस्तुको शिवपुर ५, बालापुरमा अर्गानिक खेतीसम्बन्धी एकदिने प्रशिक्षण गोष्ठी सम्पन्न भएको छ । जैविक मल, यसको प्रयोग, प्रभाव र उत्पादनका साथै रासायनिक मलबीचको भिन्नताका विषयमा किसानहरूबीच अन्तक्र्रिया प्रशिक्षण गरिएको हो ।
बिरुवामा सुक्ष्म पोषक तत्वको कमीको पूर्तिका लागि अर्गानिक खेती एवं जैविक मलको प्रयोगले उत्पादन क्षमतामा वृद्धि ल्याउन सकिने प्रशिक्षणका क्रममा कृषि प्राविधिक जितेन्द्र गौतमले बताउनुभयो । प्राविधिक गौतमले माटोको जलधारण तथा उर्वराशक्तिको बचावटका लागि रासायनिक मल र विषादीका सट्टा जैविक मलको प्रयोग गरेमा कम लगानीमा धेरै उत्पादन गर्न सकिने बताउनुभयो । साथै गौतमले जैविक मलको प्रयोगले मानव स्वास्थ्यका दृष्टिले समेत लाभदायक सावित भएकाले यसको प्रयोग अति आवश्यक रहेको जानकारी दिनुभयो ।