Responsive Ad Slot

latest

सुशासन र आर्थिक विकासको कार्ययोजना लागुहुन सक्दैन-नेकाँ नेता पौडेल I

Friday, January 27

/ by Admin BHOLA THAPA
काठमाडौँ, १३ माघ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारले हिजो प्रस्तुत गरेको सुशासन र आर्थिक विकासको कार्ययोजना लागुहुन नसक्ने बताउनुभएको छ । आज संविधानसभा भवन परिसरमा पत्रकारहरुको जिज्ञासामा उपसभापति पौडेलले अहिलेको परिस्थितिमा सो कार्ययोजना कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो-'सरकारले जनतालाई भुलाउन केही-केही भनि राख्नुपर्‍यो भनेर मात्रै सो कार्यक्रम र्सार्वजनिक गरेको हो, लागू गर्नका लागि होइन ।' उहाँले सरकारले ल्याएको यस कार्ययोजनाले सरकार टिकाउन मद्दत नगर्ने बताउनुभयो । नेता पौडेलले शान्ति प्रक्रिया र संविधान लेखनको कार्यलाई अगाडि नबर्ढाई एकीकृत माओवादीका नेताहरु हेलिकप्टर चढ्दै देश घुम्न निस्किएको भन्दै टिप्पणी गर्नुभयो ।

संविधान लेखनको कार्यतालिका संशोधन भएदेखि नै माओवादीलाई पटक-पटक शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा छलफलका लागि आग्रह गरे पनि माओवादीले ध्यान नदिएको पौडेलको कथन थियो । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI