दमौली माघ १३ गते ।
अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता भएको वताएका छन् । नेपाल मगर विद्यार्थी संघको दमौलीमा शुक्रवारदेखि शुरु सातौं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले अन्तरराष्ट्रिय वजारमा पेट्रोलियमको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य वृद्धि गर्नु परेको वताए ।
उनले विद्यार्थी आन्दोलनका कारण वढाईएको मुल्य वृद्धि पुन घटाईए पनि अव पुन परिवर्तन हुन नसक्ने जिकिर गरे । ‘राज्यले अझै पोट्रोलियममा घाटा वोहोरिरहेको छ,’ उनले भने, ‘अव पुन मुल्य घटाउने अवस्था तत्काल छैन ।
उनले ठूला होटल, कारखानालाई राज्यले दिने अनुदान घटाएर मजदुर, विद्यार्थी र न्यूनस्तरका उपभोक्तालाई अनुदान वढाउने वारेमा छलफल गर्न अर्थमन्त्रीको हौसियतले आफु तयार रहेको वताए ।
‘ग्याँस, पेट्रोल र डिजेल खपत नगर्ने क्षेत्रका जनतालाई खपत गर्ने सरहको व्यवस्था जरुरी छ,’ उनले भने, ‘ति विषयमा समेत छलफलवाट निष्कर्षमा पुगौं भन्ने विद्यार्थीहरुसँग आग्रह गर्दछु ।
उनले सांस्कृतिक र पीडित, उत्पीडनमा परेका जातिहरुको अधिकारलाई सुनिश्चित गर्न संघीय राज्य आवश्यक भएको वताए । पहिचान र सामर्थ्यलाई राजनीतिक दलहरुले भिन्नाभिन्दै अर्थ लगाउने गरेपनि जातीय राज्य वनाउनेमा निष्कर्षमा पुगिनेमा मन्त्री पुनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सभाषद सुरेश आलेमगर, उर्मिला थापा ‘पार्वती’, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा लगायतले प्रत्येक जातजातिको संस्कृति, धर्म र भाषालाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।